कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
335

गरिमा विकास बैंक र एनआईसी एसिया बैंकबीच गरिमा रेमिट र एनआईसी एसिया रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । गत बिहीबार गरिमा विकास बैंकको तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र एनआईसी एसिया बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर जयन्द्र रावलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतापश्चात् एनआईसी एसिया बैंकका देशभर रहेका २१० वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न तथा गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७ वटा शाखा कार्यालयबाट एनआईसी एसिया रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।