कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
419

 मंगलबारदेखि आईएमई १७ औं वर्ष पार गरेर १८ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मुख्य प्राथमिकता दिँदै आएको आईएमईले १८ औं वर्षसम्मको व्यावसायिक यात्रामा देशभित्र करिब २० हजार व्यावसायिक साझेदारहरूको साझा सञ्जाल निर्माण गरेको स्मरण गर्दै ‘१८ औं वार्षिकोत्सव साझेदारीको’ भन्ने मूल नाराका साथ मनाएको पनि जनाएको छ । १८ औं वर्षसम्म आइपुग्दा आईएमईले रेमिटेन्सको क्षेत्रमा आर्जन गरेको पर्यावाची नामलाई कायम राखी राखेको भन्दै कम्पनीले आफनो शाख, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिटेन्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आईएमई पे’मार्फत प्रविधिमैत्री डिजिटल रेमिटेन्स सेवाको समेत थालनी गरिसकेको पनि जनाएको छ । १८ औं वार्षिकोत्सवका अवसरमा काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा शुभकामना दिँदै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमईको व्यावसायिक यात्राको स्मरण गर्दै कुनै पनि कामप्रति समर्पण र पेसाप्रतिको इमान्दारिता हुनुपर्ने बताए ।