कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
677

सामसङ इलेक्ट्रोनिक्सले फिफा विश्वकप फुटबल– २०१८ को अवसरमा ‘फिल द गेम’ योजना प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत सामसङ टिभीको खरिदमा विशेष अफरहरू प्रस्तुत गरेको छ । रसियामा हुन गइरहेको विश्वकप फुटबललाई प्रत्यक्ष हेर्ने भनेको टिभीमा नै हो र यस अवसरमा ग्राहकलाई विशेष छुटसहित अन्य अफरहरू पनि प्रस्तुत गरेको कम्पनीले जनाएको छ । सामसङका विभिन्न मोडेलका टिभीहरूमा अधिकतम २७ प्रतिशतसम्म छुट प्रदान गरेको भन्दै कम्पनीले यसका अतिरिक्त सम्पूर्ण टेलिभिजनहरूमा २ वर्षको वारेन्टी तथा शून्य प्रतिशत ईएमआई सुविधाको किस्ताबन्दी अफर प्रस्तुत गरेको जनाएको छ । ईएमआई सुविधाका लागि ग्राहकले सामसङले तोकेका आधिकारिक आउटलेटहरूमा गई खरिद गर्नुपर्ने तथा यो योजना जुन महिनाको १ तारिखदेखि लागू भई योजना समाप्त भएको घोषणा नगरेसम्म नेपालभरमा लागू गरिएको पनि जनाएको छ ।