आईएमईले चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवस मनायो
कारोबार संवाददाता
आइतवार, असार ३, २०७५
338

चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवसको अवसरमा आईएमईले पोखरामा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । प्रवासी/आप्रवासी नागरिकहरूले परिवारको लालनपालनर आफू जन्मेको देशको दिगो आर्थिक विकासमा रेमिटेन्समार्फत पुराउँदै आएको महत्वपूर्ण योगदानको सम्मानमा सन् २०१५ देखि हरेक जुन १६ मा यो दिवस मनाउँदै आइएको छ । समग्र विश्वको विकासका लागि रेमिटेन्सको मिलेर उपयोग गर्न नागरिक समाज, निजी र सार्वजनिक क्षेत्रलाई प्रेरणा प्राप्तहोस् भन्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो । ‘सुरक्षित रेमिटेन्सका लागि आधिकारिक माध्ययम नै प्रयोग गरौं’ भन्ने नारा अंकित प्लेकार्ड बोकेर गरिएको प्रभातफेरीमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल आईएमईका ब्रान्ड एम्बास्डर दीपकरा जगिरी र दीपा निरौलालगायत आइएमईका व्यावसायिक साझेदार एवं आईएमई ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारीहरूसहित करिब २ सय जनाको उपस्थिति थियो ।