पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा शपथ ग्रहण
कारोबार संवाददाता
शुक्रवार, असार ८, २०७५
300

खरा फाइनान्सको नवनिर्वाचित अध्यक्ष भुवनसिं गुरुङले बिहीबार नेपाल राष्ट्र बैंक पोखरा शाखाका कामु निर्देशक अमर अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । वित्तीय संस्थाको हालै सम्पन्न २१ औं वार्षिक साधारणसभाले संस्थापक समूहबाट सञ्चालक समितिमा भुवनसिं गुरुङ, डा. दीर्घमान गुरुङ, शोभा गुरुङ र रेशमलाल पौडेललाई निर्विरोध निर्वाचित गरेको प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।
संस्थाको हाल तनहुँ, लमजुङ, रुपन्देही, काठमाडौं, स्याङ्जा एवं कास्की समेतमा गरी १३ वटा शाखा कार्यालय सञ्चालनमा आइसकेको र निकट भविष्यमा नै चितवनको नारायणगढ शाखा समेत सञ्चालनमा आउने तथा आव ०७५/७६ मा थप अन्य शाखाहरू समेत खोलिने बताइएको छ । संस्थाले सी–आस्बा तथा मोबाइल बैंकिङ सेवाको सुरुवात गरिसकेको छ । यो अवधिमा फाइनान्सको निक्षेप ४ अर्ब १५ करोड रुपैयाँ एवं कर्जा लगानीतर्फ ३ अर्ब ९६ करोड रुपैयाँ कायम गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले जानकारी दिए ।