एनआईसी एसिया बैंकद्वारा सोलार बत्तीहरू तथा सीसीटिभी क्यामरा हस्तान्तरण
कारोबार संवाददाता
सोमवार, असार २५, २०७५
137

एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलार बत्तीहरू तथा सीसीटिभी क्यामराहरू उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरिएको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सूचना तथा सञ्चारमन्त्री गोकुल बासकोटा, एमाले सांसद शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको प्रमुख आतिथ्यतामा एनआईसी एसिया बंैकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले उग्रचण्डी नाला समाजलाई उक्त सोलार बत्तीहरू तथा सीसीटिभी क्यामराहरू हस्तान्तरण गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सूचना अधिकारी) सुधीरनाथ पाण्डेले बताए ।
यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरूले यस क्षेत्रको सुरक्षा तथा सर्वसाधारणको दैनिक क्रियाकलापमा सहयोग पु¥याउने हुनाले उक्त कार्यको नेपाल राष्ट्र बैंकका डेपुटीगभर्नर शिवराज श्रेष्ठले प्रशंसा गरे ।