कारोबार संवाददाता
सोमवार, असार २५, २०७५
458

लक्ष्मी बैंक तथा लक्ष्मी बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित लक्ष्मी केयर्सको संयुक्त आयोजनामा बाराको महागढीमाई नगरपालिका बरियारपुरमा रहेको विश्वप्रसिद्ध गढीमाई मन्दिरमा सोलार जडान गरेको बैंकले जनाएको छ ।
बैंकले २० लाखको लागतमा १४थान सोलार जडान गरी एक कार्यक्रमकाबीच शनिबार हस्तान्तरण गरेको भन्दै गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले मन्दिर परिसरमा आयोतिजत कार्यक्रममा लक्ष्मी बैंकका डायरेक्टर विश्व कर्णजैनले उक्त सोलार हस्तान्तरण गरेका छन् । त्यसैगरी, शुक्रबार बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह वादेको प्रमुख आतिथ्यतामा बनेपा नगरपालिका क्षेत्रभित्र वृक्षरोपण कार्यक्रम पनि सम्पन्न भएको बैंकले जनाएको छ ।