कारोबार संवाददाता
बिहिवार, असार २८, २०७५
141

सिटी एक्सप्रेस मनी ट्रान्सफरको आफ्नो १२ औं वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार ‘बाल सारथी’ संस्थालाई सामाजिक उत्तरदायित्वअन्तर्गत शौक्षिक सामग्री हस्तान्तरण गरेको छ । साथै उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डनले ५० हजार रुपैयाँ प्रदान गर्ने घोषण गरे । उक्त रकम त्यस संस्थामा अध्ययनरत ९० जना विद्यार्थीका लागि एक हप्ताका लागि रासन पानीमा खर्च गरिने सो संस्थाका संस्थापक माला खरेलले जानकारी दिए ।
उक्त कार्याक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डनलगायतका सिटी एक्सप्रेस मनी ट्रान्सफरको बजार व्यवस्थापकका टोली साथै बाल सारथीका सल्लाहकार एवम् नेपाल सरकारका पूर्वसचिव आत्माराम पाण्डेको पनि उपस्थिति थियो ।