कारोबार संवाददाता
बिहिवार, असार २८, २०७५
145

जनता बैंक नेपाल र लाइफइन्स्योरेन्स कर्पोरेसन (नेपाल) बीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरूलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन तथा निर्जीवन बिमा सेवा दिने अभिप्रायले इन्स्योरेन्स कम्पनीहरूसँग सम्झौता गर्ने क्रममा लाइफइन्स्योरेन्स कर्पोरेसन (नेपाल)सँग सम्झौता भएको बैंकले जनाएको छ ।
जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)का निमित्त प्रमुखकार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले बैंकासुरेन्स सेबासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको भन्दै बैंकले यस सम्झौतापश्चात् ग्राहकले जनता बैंकको देशभरि रहेका सबै ११९ शाखाबाट छिटो, छरितो तथा सहज रूपमा बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने बतएको छ ।