कारोबार संवाददाता
बिहिवार, असार २८, २०७५
202

कुमारी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीस्थित अत्तरिया शाखाबाट स्थानीय दुर्गा लक्ष्मी क्याम्पसको पुस्तकालयलाई फर्निचर वितरण गरेको छ । उक्त दुर्गा लक्ष्मी क्याम्पसले विगत कैयौँ वर्षदेखि त्यस अत्तरिया क्षेत्रमा स्नातकोत्तर सम्मको गुणस्तर शिक्षा प्रदान गर्दै आएको छ । बैंकले सो फर्निचर–वितरण कार्यक्रम बैंकका अत्तरिया र धनगढी शाखाका प्रबन्धकद्वय क्रमश : कृष्णबहादुर पल र खड्कबहादुर रोकायालगायत सोही क्याम्पसका प्रमुख डम्बरबहादुर पल, सहायक–प्रमुख लोकबहादुर महरा तथा कुमारी बैंक र दुर्गा लक्ष्मी क्याम्पसका अन्य कर्मचारीहरूको उपस्थितिमा सम्पन्न गरेको जनाएको छ ।