बाराको जितपुरमा लक्ष्मी बैंकको ८६ औं शाखा
कारोबार संवाददाता
बिहिवार, असार २८, २०७५
108

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबार बाराको जितपुरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरू तथा विशेष गरी कृषि व्यवसायीहरूमाझ वित्तीय
पहुँच पु¥याउने लक्ष्य राखेको भन्दै बैंकले बारा जिल्लामा यो बैंकको दोस्रो शाखा भएको जनाएको छ ।
यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४३ जिल्लामा ८६ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०४ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ एजेन्टहरू पुगेको छ । यी शाखाहरूका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, बिमालगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा बजारहरूमा आक्रामक रूपमा सेवा विस्तार गर्दै आएको छ ।