कारोबार संवाददाता
बिहिवार, असार २८, २०७५
289

एनआईसी एसिया बैंकले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसँग बैंकासुरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब बैंकका ग्राहकले मुलुकभर फैलिएको २ सय २५ शाखाबाट सहज रूपमा प्रुडेन्सिल इन्स्योरेन्स कम्पनीको निर्जीवन बिमा पोलिसीहरू खरिद गर्न सक्ने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीर कृष्ण मर्हजनले हस्ताक्षर गरेका थिए ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २२५ शाखा कार्यालय, २१८ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं ११ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको पनि बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सूचना अधिकारी) सुधीर नाथ पाण्डेले बताए ।