कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५
452

आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ सोही कम्पनीको महाप्रबन्धक तथा कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । श्रेष्ठ २३ वर्षदेखि निर्जीवन बिमा क्षेत्रमा कार्यरत छन् ।
बिमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ३ वर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले १ अर्बभन्दा बढीको बिमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ । कार्यकारी अधिकृतको सफथ लिँदै श्रेष्ठले आफ्नो कार्यकालमा आईएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।