कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५
234

नेपाल बंगलादेश बैंक र आईएमई लाइफ इन्स्योरेन्सका बीचमा बुधबार बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका थिए । यस सम्झौतापश्चात् बैंकका सम्पूर्ण ग्राहकहरूले बैंकका ७१ वटै शाखाहरूबाट छिटो, छरितो तथा सहज रूपमा जीवन बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।