कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५
450

काठमाडौं-एनआईसी एसिया बैंकले सहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणका लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आउनेक्रममा तनहुँ जिल्ला, म्याग्दे गाउँपालिकाको जामुने बजारमा आफ्नो सोह्रौं शाखारहित बैंकिङ सेवा शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । बैंकले म्याग्दे गाउँपालिकाको जामुने बजारमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइका उपाध्यक्ष सुक नारायण मल्लको उपस्थितिमा सम्पन्न भयो र उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रूपमा बैंकले रोविन श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्नेछन् ।