कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५
379

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बंगलादेश बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र नेपाल बंगलादेश बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सो बैंकास्योरेन्स सम्झौतापश्चात सर्वसाधरण तथा बैंककाग्राहकहरुले नेपाल बंगलादेश बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रूपमा आईएमई लाइफइन्स्योरेन्स कम्पनीको जीवनबीमा गराउनका साथै जीवन बिमासम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले हाल ५० स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजना बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजीवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता आजीवनलगायतका बिमा योजना ल्याएको छ ।