एनएमबी बैंकले विदेशी संस्था सिडिसी ग्रुपबाट अमेरीकी डलर १ करोड ५० लाखको कर्जा लिन सफल हुने नेपालको पहिलो बैंक भएको छ । सिडिसी ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो ।
मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूले काठमाडौंको थापाथलीस्थित ब्लुक्रस अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । मेगा बैंक नेपाल लिमिटेडकी सिईओ अनुपमा खुञ्जेली र ब्लुक्रस अस्पतालका कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठबीच मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो समय बैंकमा गरगहना धितो राखी रकम निकाल्नेको संख्या बढ्दै गइरहेको छ । रकम अभाव भएको समयमा आफूसँग भएको गरगहना बैंकमा धितो राखी रकम निकाल्ने र आफ्नो आवश्यकता पूर्ति गर्नेको संख्या बढ्दै गएको हो । पैसा भएको समयमा सुन अथवा चाँदीका गरगहना खरिद गरिराख्ने र पैसाको आपत परेको खण्डमा त्यही गरगहना धितो राखी रकम निकाल्नेको संख्या पछिल्लो समय बढ्दै गएको सरकारी तथा गैरसरकारी बैंकहरूमा तथ्यांक छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले ब्याजदर घटाउन राष्ट्रबैंक सकारात्मक रहेको बताएका छन् । विराटनगरमा आयोजित समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि विषयक कार्यशालामा सिवाकोटीले राष्ट्र बैंक ब्याजदर घटाउनुपर्ने उद्योगीहरूको मागप्रति सकारात्मक रहेको बताए ।
पोखराको ओम डेभलपमेन्ट बैंकले मेरिट पोखराको सहकार्यमा पोखरा र तनहुँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर अधिकारीको प्रमुख आतिथ्यमा भएको वित्तीय साक्षरता कार्यक्रममा ताल बराही मावि,एस ओएस र जुनियर सिटिजन्स ऐकेडेमीका गरी करिब १ सय ५० जना बिधार्थीहरूको सहभागिता रहेको थियो ।
ग्लोबल आईएमई बैंकले राजधानीमा रहेको शंकरदेव क्याम्पसमा आफ्नो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । शंकरदेव क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसलाई बुझाउनुपर्ने शुल्क संकलनको निमित्त बैंकले क्याम्पस परिसरमा उक्त एक्सटेन्सन काउन्टरको सुरुवात गरेको हो । यससँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या ८ पुगेको छ ।
माछापुछ्रे बैंकले उच्चशिक्षा अध्ययनका लागि विदेश जानचाहने नेपाली विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी ‘एजुकेसन हब’ सेवा सुरु गरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्रालिबीच बैंकका कर्मचारी, सेयरधनी तथा ग्राकहवर्गहरूलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सेञ्चुरी कमर्सियल बैंकले श्रीपञ्चमीको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देही–५ स्थित मर्चवार आर्दश मावि, मझगावां, विद्यालयलाई २९५ थान ब्याग हस्तान्तरण गरेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रूपमा वित्तीय कारोबार गर्ने इजाजत पाएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम सरकारसहित केही प्रतिष्ठित वाणिज्य बैंक, बिमा कम्पनीहरू, लघुवित्त, नीजि कम्पनीहरू तथा व्यक्तिगत व्यवसायीको संयुक्त लगानी र प्रयासबाट २०७५ जेठ २५ गते राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रूपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।
काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाडौं जिल्ला, टोखा नगरपालिका–८ स्थित जलपा पुस्तकालयका लागि बालसाहित्य तथा बालकथामा आधरित विभिन्न पुस्तकहरू हस्तान्तरण गरेको छ ।
प्रभु बैंकले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका–४ मा आजदेखि बैंकको नवदुर्गा शाखा कार्यालय सञ्चालनमा आएको छ । नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टबाट एक समारोहकाबीच बैंकको नवदुर्गा शाखा कार्यालय उद्घाटन भएको बैंकले जनाएको छ ।
आशा लघुवित्त वित्तीय संस्थाको साधारण सेयर ०७५ माघ २५ गते शुक्रबार बाँडफाँड गरिएको छ । प्रभु क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा सय रुपैयाँ अंकित दरका ६ लाख ७४ हजार कित्तासाधारण सेयरहरूमध्ये १० हजार ३ सय ७० कित्ता सेयर कर्मचारीहरूलाई र ३३ हजार ७ सय कित्ता सेयर सामूहिक लगानीकोषलाई बाँडफाँड गरी बाँकी रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ता साधारण सेयर सर्वसाधारणका निम्ति निष्कासन गरिएको थियो ।
बचत तथा ऋण कारोबार गर्ने सहकारी संघसंस्थाको अनुगमनका लागि छुट्टै नियमन निकाय गठन गर्न विभिन्न समितिका सुझाव कार्यान्वयनमा सरकारले बेवास्ता गरेको पाइएको छ । सहकारीका समस्याबारे अध्ययन गर्न गठित आधा दर्जन समितिले छुट्टै नियामक गठन गर्नका लागि सुझाव दिएपनि यसबारे सरकारले ध्यान नदिएको हो ।
मेगा बैंक नेपालले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष ०७५÷७६ को दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा बैंकले ७३ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो ।