कारोबार संवाददाता
सोमवार, माघ २१, २०७५

सिद्धार्थ बैंकले आफ्नो भिसाकार्ड बाहक ग्राहकहरूलाई लक्ष्य गरी नगदफिर्ता योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत पहिलो पटक ५ सय रुपैयाँ वा सोभन्दा बढी रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरूले १ सय रुपैयाँ नगद क्यास ब्याक पाउने जनाएको छ ।

324
कारोबार संवाददाता
सोमवार, माघ २१, २०७५

नेपाल बैंकले चालू आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६६ करोड १४ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ६३ करोड ८४ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवको छ महिनाको तुलनामा चालू आवको छ महीनामा बैंकले १.४० प्रतिशत बढी नाफा कमाएको हो ।

302
रासस
आइतवार, माघ २०, २०७५

नेपाल बैंकले चालू आर्थिक वर्षको छ महीनामा रु एक अर्ब ६६ करोड १४ लाख ९८ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले रु एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो । गत आवको छ महीनाको तुलनामा चालू आवको छ महीनामा बैंकले १.४० प्रतिशत बढी नाफा कमाएको हो ।

228
कारोबार संवाददाता
आइतवार, माघ २०, २०७५

जनरल इन्स्योरेन्स कम्पनी र सिटिजन्स बैंक इन्टरनेसनलबीच बैंकास्योरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

305
कारोबार संवाददाता
आइतवार, माघ २०, २०७५

सहयोगी विकास बैंक लिमिटेडले आप्mनो खुद नाफा २९१ प्रतिशतले वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आवव ०७५-७६ को पहिलो त्रैमासिक विवरणको तुलनामा बैंकले सो प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको भन्दै बैंकले गत त्रैमासिक ०७५-७६ मा असोज मसान्तमा भन्दा ११६.९८ प्रतिशतले वृद्धि सञ्चालन मुनाफा वृद्धि गर्न सफल भएको पनि जनाएको छ ।

317
कारोबार संवाददाता
शुक्रवार, माघ १८, २०७५

पछिल्लो समय बैंकिङमार्फत हुने गरेको शंकास्पद कारोबार वृद्धि हुँदै गएको छ । 'गत आर्थिक बर्ष ८ ८७ हाराहारी शंकास्पद कारोबारको रिपोर्ट भएको थियो,' नेशनल बैंकिङ इष्टिच्युट (एनबिआइ) ले शुक्रबार आयोजना गरेको चौथो 'एएमएल कन्फ्रेन्स' को उद्घाटनमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले भने ।

950
कारोबार संवाददाता
शुक्रवार, माघ १८, २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी संस्थामार्फत् लघुबिमा कम्पनी स्थापना गर्न सरकार तयार रहेको बताएका छन् । अर्थमन्त्री खतिवडाले उत्पादनमा जोखिम हुन नदिन सहकारी संस्थामार्फत लघुविमा कम्पनी खोलेर लघुबिमा कार्यक्रम सञ्चालन गर्न चाहे सरकार प्रोत्साहन गर्न तयार रहेको बताएका हुन् । उनले सहकारी संस्थालाई लघुबिमा कार्यक्रम सञ्चालन गर्न सरकारले आवश्यक नीति, कानुन निर्माण गरिदिने प्रतिबद्धता पनि व्यक्त गरे ।

362
मीनकुमार नवोदित
शुक्रवार, माघ १८, २०७५

बैंकको चर्को ब्याजदरविरुद्ध मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीहरूले मोर्चाबन्दी गर्न सुरु गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको नेतृत्वमा बिहीबार विराटनगरमा भएको वृहत भेलाले देशभरका उद्योगी व्यवसायीलाई समेटेर ब्याजदर नहटाएसम्म आन्दोलन गर्ने निष्कर्ष निकालेका छन् ।

445
कारोबार संवाददाता
बुधवार, माघ १६, २०७५

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले एक वर्षमा करिव सात दर्जन चार्टर्ड एकाउन्टेन्ट (सिए) तथा दर्तावाल लेखाव्यवसायीविरुद्ध उजुरी परेको जनाएको छ । लेखापरीक्षण व्यवसायलाई व्यवस्थित र विश्वासयोग्य बनाउनका लागि संस्था सक्रिय भएको र अधिकांश उजुरीको छानबिन गरी कारवाही अघि बढाइएको अध्यक्ष जगनाथ उपाध्यायले बताए ।

668
कारोबार संवाददाता
आइतवार, माघ १३, २०७५

गाउँगाउँ पुगेर बचत तथा कर्जाको सुविधा दिँदै आएका लघुबित्तको कर्जा प्रभावकारी हुन सकेको छैन । गरिबीको रेखा मुनि रहेका नागरिकलाई पनि व्यवसायिक बनाउने लक्ष्य लिएका लघुबित्तको कर्जा सही सदुपयोग गर्न नसक्दा महिलाहरू उल्टै ऋणमा फस्दै गएका छन् । महिलालाई व्यवसायिक बनाउने लक्ष्य राखिए पनि लघु बित्तहरू यो लक्ष हासिल गर्न सकिरहेका छैनन् । कर्जा दिनु र उठाउनु मात्र आफ्नो जिम्मेवारी ठान्ने गरेकाले यस्तो समस्या आउन थालेको हो ।

539
कारोबार संवाददाता
बिहिवार, माघ १०, २०७५

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आजदेखि मुलुकका सतहत्तरै जिल्लामा शाखा स्थापना गरी सेवा शुरु गरेको छ । यसअघि ७४ जिल्लाका शाखा कार्यालयमार्फत सेवा दिँदै आएको बैंकले आफ्नो स्थापनाको ५४औंँ वार्षिकोत्सवका अवसरमा आज तीन जिल्लामा शाखा विस्तार गरेको हो ।

520
कारोबार संवाददाता
सोमवार, माघ ७, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ ।

569
हरिश चन्द
सोमवार, माघ ७, २०७५

प्रदेश नं. ७ को भौगोलिक केन्द्र बिन्दु मानिने डडेल्धुरा जिल्लाका सबैजसो स्थानीय तहमा बैंकिङ सुविधा विस्तार हुने भएपछि स्थानीयवासीलाई खुसी हुनको साथै आर्थिक कारोबारका लागि सहज हुने भएको छ ।

629
कारोबार संवाददाता
सोमवार, माघ ७, २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एक्सिस बैंक लिमिटेड, भारतकाबीच विप्रेषणसम्बन्धी सम्झौता भएको छ ।

612
कारोबार संवाददाता
सोमवार, माघ ७, २०७५

एनएमबी बैंकले आइतबार सौर्य ऊर्जा उत्पादक सरल ऊर्जा नेपाल प्राइभेट लिमिटेड (सन) सँग ‘नेट–मिटरिङ’मा आधारित प्रसारण लाइनमा जोडिएको ५० किलोवाटको सौर्य ऊर्जाको ऊर्जा खरिद सम्झौता (पीपीए) सम्पन्न गरिएको घोषणा गरिएको छ । यो विद्युत् प्रशारण लाइनसँग आवद्ध सौर्य–ऊर्जा एनएमबी बैंकको बबरमहल काठमाडौंस्थित केन्द्रीय कार्यालयको छतमा राखिनेछ ।

536