कारोबार संवाददाता
बुधवार, भदौ ६, २०७५

आर्थिक वर्ष २०७४-७५ मा मुलुकको समग्र शोधनान्तर स्थिति ९६ करोडले बचतमा रहेको छ । अघिल्लो आवमा ८२ अर्ब ११ करोडले बचतमा रहेको थियो ।

611
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

नेसनल बैंकिङ इन्स्टिच्युट र एभरेस्ट बैंकबीच शुक्रबार तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले एभरेस्ट बैंकका कर्मचारीहरूको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरू उपलब्ध गराउनेछ ।

684
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

कैलाश विकास बैंकले पुतलीबजार नगरपालिका–१४, स्याङजामा रहेको पाणिनी आश्रम (गुरुकुल) मा वृक्षरोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्र्तगत वृक्षरोपण कार्यक्रम गरेको हो ।

514
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

नेपाल बङ्गलादेश बैंक र स्टार अस्पताल, काठमाण्डौबीच उक्त अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार स्टार अस्पतालले नेपाल बङ्गलादेश बैंकद्वारा जारी भएका डेविट÷क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा १० प्रतिशत देखि १५ प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ ।

450
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

ओम डेभलपमेन्ट बैंक र सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीबीच बैंकान्सुरेन्स सहमति भएको छ । सहमतिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी र राष्ट्रिय बिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले हस्ताक्षर गरे ।

463
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युटबीच बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी शुक्रबार सम्झौता भएको छ ।

867
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

कमलपोखरी काठमाडौंस्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंकले पोखरा कास्की चिप्लेढुंगास्थित केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको वित्तीय संस्था ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धी आइतबार सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

1392
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

नेपाल क्रेडिट एन्ड कमर्स बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंंकास्योरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे भदौ ३ गतेका दिन सम्झौता भएको छ ।

456
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

नेपाल बैंकले कन्चनपुर जिल्लाको शुक्लाफाँट नगरपालिका–१० झलारीमा नेपाल बैक विलासपुर शाखा पुनःस्थापना गरेको छ । शुक्रबार सशस्त्र द्वन्द्वको कारण बन्द गरिएको बैंकको उक्त शाखामा गत साउन २७ गतेबाट बैंकिङ सेवा सुचारु भएको हो ।

562
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

आफ्ना ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरबीच सम्झौता भएको छ ।

435
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

ज्योति विकास बैंक र देवस् विकास बैंकबीच आइतबार रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

428
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिकोत्सव समारोह २०७५ साउन ३० गते बुटवलमा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिकोत्सवको सभापतित्व सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यले गरेका थिए ।

544
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

गत आर्थिक वर्षमा उत्कृष्ट प्रगति हाँसिल गर्ने कार्यालयहरूको प्रगतिका आधारमा छनोट भएका प्रबन्धकहरूको प्रमुख सहभागिताका साथ शुक्रबार चितवनस्थित ल्यान्डमार्क होटल सौराहामा कार्यसम्पादन मूल्यांकनसम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ ।

373
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

विदेशी रेमिट्यान्स कम्पनीले पैसा उठाएर नेपाल नपठाउने समस्या बढेपछि बैंक तथा वित्तीय संस्थाले विदेशी पैसा नेपाल नभित्र्या एसम्म लाभकर्तालाई रेमिट्यान्स भुक्तानी दिन नपाउने भएका छन् । सामान्य सम्झौताका आधारमा भुक्तानी दिँदा केही बैंक वित्तीय संस्था अप्ठ्यारोमा परेपछि सो व्यवस्था गरिएको हो ।

1115
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

नेपाल धितोपत्र बोर्डले तयार गरेको वैकल्पिक लगानी कोष नियमावली २०७५ को मस्यौदा भेञ्चर क्यापिटलप्रति केन्द्रित भएको सरोकारवाहरूले बताएका छन् । कुनै एक क्षेत्रलाई मात्र नभई समग्र बजारलाई सहयोग गर्ने किसिमको व्यवस्था नियमावलीमा गर्न उनीहरूले बोर्डलाई सुझाव दिएका छन् ।

441