कारोबार संवाददाता
मंगलबार, पुष १८, २०७४

पूर्वाञ्चलको इटहरीमा वित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गतको तीन दिने बैंकिङ एक्स्पो सम्पन्न भएको छ । काठमाडौँ बाहिर पहिलोपटक सम्पन्न भएको बैंक बिमा एक्स्पोमा हजारौंले अवलोकन गरेका छन् । उक्त सूचना मेलामा बिमा समिति, युवा स्वरोजगार कोष तथा बैंक वित्त र बिमा कम्पनीको गरी ३५ वटा सूचनामूलक स्टल राखिएको थियो ।

519
यादव हुमागाई
मंगलबार, पुष १८, २०७४

समस्याग्रस्त सहकारी संस्थाको सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने व्यवस्थापन समिति गठनमा ढिलाइ भएको छ । असोज पहिलो साता नै व्यवस्थापिका संसदबाट ऐन पारित भएसँगै समिति गठन गर्न आवश्यक कानुनी बाटो खुलेको हो । तर, सहकारी तथा गरिवी निवारण मन्त्रालयको ढिलासुस्तीका कारण तीन महिना बितिसक्दा पनि समिति गठन हुन सकेको छैन । समितिका लागि अध्यक्ष तथा विषयविज्ञ पदाधिकारी नपाउँदा प्रक्रिया लम्बिएको हो ।

638
कारोबार संवाददाता
आइतवार, पुष १६, २०७४

प्रदेश तथा स्थानीय सरकारको संरचना निर्माणसँगै वाणिज्य बैंकहरूले स्थानीय तहमा शाखा विस्तार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालयका अनुसार वाणिज्य बैंकहरूले प्रदेश ७ मा ३६ वटा स्थानीय तहमा शाखा विस्तार गर्ने प्रस्ताव गरेका छन् । मुलूक संघीय संरचनामा गएपछि हरेक स्थानीय तहमा कम्तिमा एक वाणिज्य बैकंको सहयोग पुर्या उने लक्ष्य लिएको छ ।

884
भुवन पौडेल
शुक्रवार, पुष १४, २०७४

बैंकहरूले कर्जा प्रवाह रोक्न थालेका छन् । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भए पनि बैंकहरूले समस्यामा समाधानका लागि कर्जा प्रवाह सुस्त बनाएका हुन् । पछिल्लो समयमा बैंकहरूले निक्षेपका लागि ब्याजदरसमेत बढाएर तान्ने खेल सुरु गरेपछि कर्जा लगानीसमेत प्रभावित भएको छ । बैंकहरूसँग कर्जा लगानी गर्नका लागि निक्षेप लिनुपर्ने अवस्था छ । बजारमा नयाँ निक्षेप नआएपछि बैंकहरूले ब्याजदर बढाउने नीति लिएको देखिन्छ ।

2574
कारोबार संवाददाता
बुधवार, पुष १२, २०७४

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विदेशमा गएर पुरस्कार लिने प्रक्रियामा नियमन गर्ने भएको छ । अवार्डका नाममा निक्षेपकर्ताको पैसा अनावश्यक खर्च गरेको भन्दै केन्द्रीय बैंकले यस्तो अनियमिततालाई रोक्न नीतिगत व्यवस्था गरेको हो । केन्द्रीय बैंकले मंगलबार निर्देशन नै जारी गर्दै बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक सहायता, चन्दा वा कुनै पनि प्रकारको शुल्क, वित्तीय योगदान गरेको आधारमा सोको प्रतिफल स्वरूप कुनै पनि विदेशी निकायबाट पुरस्कार ग्रहण गर्न नपाउने व्यवस्था गरेको छ ।

616
यादव हुमागाई
मंगलबार, पुष ११, २०७४

सरकारले सहकारी संस्थामा पनि १० लाख रूपैयाँभन्दा बढी कारोबार गर्दा स्रोत खुलाउनुपर्ने व्यवस्था गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा केही वर्ष अघिदेखि नै लागू भइसकेको यो व्यवस्था बचत तथा ऋण कारोबार गर्ने सहकारीमा पनि लागू गर्न लागिएको हो । ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४’ अन्र्तगत सहकारी तथा गरिवी निवारण मन्त्रालयले स्रोत खुलाउनुपर्ने व्यवस्थासहितको सम्पति शुद्धीकरणसम्बन्धी निर्देशन जारी गर्न लागेको हो । सहकारी विभागले बनाएको निर्देशनको मस्यौदा मन्त्रालयमा छलफलकामा रहेको र मन्त्रीस्तरबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

4839
कारोबार संवाददाता
बिहिवार, पुष ६, २०७४

एनआईसी एसिया बैंकले एकैसाथ दुइटा अवार्ड पाउन सफल भएको छ । यस बैंकले वल्र्ड एचआरडी कंग्रेसद्वारा काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित नेपाल बेस्ट ब्रान्ड एक्सिलेन्स एन्ड लिठरसिप अवार्ड– २०१७ मा नेपालको बैंकिङ क्षेत्रतर्फको बेस्ट ब्रान्ड (बैंकिड क्षेत्रमा) तथा बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड पाउन सफल भएको बैंकले जनाएको छ ।

918
भुवन पौडेल
बुधवार, पुष ५, २०७४

उच्च ब्याजदरका कारण सर्वसाधारण बैंकिङ प्रणालीबाट टाढा हुदैँ जाने देखिएको छ । वित्तीय प्रणालीमा ‘क्राउड आउट’ अर्थात् उच्च ब्याजदरको जोखिम बढेका कारण यस्तो जोखिम बढेको हो । सरकारले उच्च ब्याजदरमा आन्तरिक ऋण उठाएकाले ‘क्राउड आउट’को समस्या देखिने सम्भावना बढ्दै गएको विज्ञहरू बताउँछन् ।

1684
कारोबार संवाददाता
सोमवार, पुष ३, २०७४

मेगा बैंक नेपालले विपन्न वर्गका लागि गर्दै आएको लगानी चालू आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब रुपैयाँ पुर्याउने भएको छ । मेगा बैंक नेपालकी कायममुकाम प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले चालू आर्थिक वर्ष ०७४–७५ को अन्तसम्ममा ४ अर्ब रुपैयाँ विपन्न वर्गमा लगानी गर्ने बताइन् । मेगा बैंकको लघुवित्त एकाइले देशभरका ५० वटा लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा कामु सीईओ खुञ्जेलीले अहिलेसम्म बैंकले विपन्न वर्गका लागि २ अर्ब ४६ करोड रुपैयाँ लगानी गरिसकेको भन्दै बाँकी रकम पनि यसै आर्थिक वर्षको अन्त्यसम्ममा लगानी भइसक्नेमा बैंक ढुक्क रहेको बताइन् ।

778
कारोबार संवाददाता
आइतवार, पुष २, २०७४

नयाँ सहकारी एनले संस्था दर्ता तथा सञ्चालन प्रक्रियामा कडाइ गरेकाले अब सहकारी भाग्यो भनेर सुन्नु नपर्ने सहकारीकर्मीहरुले अपेक्षा गरेका छन् । ऐनमा संस्था दर्ता, सञ्चालन प्रक्रिया, कारवाहीको व्यवस्थामा कडाइ गर्नुका साथै सहकारी जोखिममा पर्दा सहयोगका लागि विभिन्न कोषहरुको समेत व्यवस्था गरिएको छ ।

4746
भुवन पौडेल
शुक्रवार, मंसिर २९, २०७४

देश राजनैतिक रुपमा संघिय ब्यवस्थामा परिवर्तन हुदै गर्दा वित्तीय प्रणाली भने केन्द्रीकृत अवस्थामा नै हुने भएको छ । नयाँ संविधानको संघिय संरचना अनुसार नेपाल राष्ट्र बैंकले पनि प्रदेश स्तरीय कार्यलय विस्तार गरेपनि नीति तथा नियमको सन्दर्भमा केन्द्रवाट नै गर्ने तयारी गरेको हो ।

823
भुवन पौडेल
बुधवार, मंसिर २७, २०७४

वाणिज्य बैंकहरूमा तरलता सहज भएका कारण कर्जा प्रवाह अझै बढ्ने देखिएको छ । चालू आर्थिक वर्षको सुरुका महिनामा पुँजी, कर्जा तथा निक्षेप अनुपात (सीसीडी रेसियो) थोरै भएकाले बैंकहरु कर्जा बढाउनसक्ने अवस्थामा छन् । गत जेठको तुलनामा सीसीडी रेसियो चालू आवको पहिलो त्रैमासमा घटेको छ ।

2260
कारोबार संवाददाता
सोमवार, मंसिर २५, २०७४

स्टाण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर र त्यसका लाग्ने करका लागि ५.२६ प्रतिशत नगद लाभांश दिएको छ । ४ अर्ब चुक्ता पुँजी रहेको बैंकले सतप्रतिशत बोनस सेयर दिएर ८ अर्ब चुक्ता पुँजी पुर्याएको छ ।

683
कारोबार संवाददाता
शुक्रवार, मंसिर २२, २०७४

फिन्लीट नेपालले फाइनान्सियल इनोभेसन अवार्ड २०१७ प्राप्त गरेका छ । बिहीबार फिन्लीट नेपालको प्रतिनिधीत्व गर्दै नेपालबाट प्रकाश कोइरालाले लन्डन इन्स्टिच्युट अफ बैंकिंग एण्ड फाइनान्स र यु के फाइनान्सबाट वित्तीय साक्षरतामा उत्कृस्ट र सराहनीय काम गरेको आधारमा फाइनान्सियल इनोभेसन अवार्ड २०१७ प्राप्त गरेका हुन् ।

447
भुवन पौडेल
शुक्रवार, मंसिर २२, २०७४

संघीय संरचनाअनुसारका १३८ स्थानीय तहमा तत्काल बाणिज्य बैंकका शाखा स्थापना गर्न असम्भव भएको छ । सरकारले सरकारी कारोबारका लागि वाणिज्य बैंकको शाखा भने पनि पूर्वाधार अभावका कारण बैंकहरूले ती स्थानमा तत्काल शाखा खोल्न सम्भव नहुने भएको हो ।

344