कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

गरिमा विकास बैंक लिमिटेडले मंगलबार झापाको दमकमा शाखा कार्यालयको उद्घाटन गरेको छ । शाखा कार्यालयको उद्घाटन दमक नगरपालिकाका मेयर रामनाथ ओलीले गरे ।

287
कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

नेपालको व्यापार भुक्तानीका समग्र क्षेत्रलाई विद्युतीय प्रणालीमार्फत सहज बनाउन स्विट्जरल्यान्डमा रहेको बीपीसी बैंकिङ टेक्नोलोजीलीसँग आइमार्कले सहकार्य गरेको छ । बैंकिङ कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा परिवर्तन गर्न बीपीसीसँगको सहकार्यमा आइमार्कले नेपालमा स्मार्ट भिस्टा स्विच सार्वजनिक गरेको छ ।

354
भुवन पौडेल
बिहिवार, मंसिर १३, २०७५

नेपाल राष्ट्र बैंकले मलेसियन रेमिट कम्पनी मेक्सलाई नेपालमा कारोबारमा प्रतिबन्ध लगाएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था तथा रेमिट कम्पनीलाई मेक्ससँग कारोबार गर्न रोक लगाएको हो । मेक्सले नेपाली कामदारसँग उठाएको रकम नेपाल नपठाएपछि राष्ट्र बैंकले यस्तो निर्णय गरेको जनाइएको छ ।

362
कारोबार संवाददाता
बुधवार, मंसिर १२, २०७५

नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयले शुक्रबार कार्यालयको सभाहलमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी भएको परिप्रेक्ष्यमा धनगढीस्थित बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवाला निकायहरूको सहभागितामा छलफल कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रमको उद्देश्य हालै नेपाल सरकारद्वारा स्वीकृत कार्यविधिका बारेमा सबै सरोकारवाला निकायहरूलाई जानकारी गराउने रहेको थियो

384
कारोबार संवाददाता
बुधवार, मंसिर १२, २०७५

गरिमा विकास बैंक शाखा कार्यालय तल्लो गगनगौंडाद्वारा पोखरा महानगरपालिका–३२, मजुवास्थित सामुदायिक सरकारी विद्यालय कालिका आधारभूत विद्यालयलाई स्वच्छ खानेपानी व्यवस्थापनका लागि ५ सय लिटरको १ थान पञ्चकन्या पानी ट्यांकी आइतबार एक कार्यक्रमकाबीच हस्तन्तरण गरियो ।

368
कारोबार संवाददाता
बुधवार, मंसिर १२, २०७५

डडेलधुरा जिल्लाको डडेलधुरा बजारमा कृषि विकास बैंककोे एटीएम सेवा शुभारम्भ भएको छ । कृषि विकास बैंकका सञ्चालक सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले संयुक्त रूपमा औपचारिक उद्घाटन गरी उक्त सेवा सुरु गरे ।

360
कारोबार संवाददाता
मंगलबार, मंसिर ११, २०७५

एनआईसी एसिया बैंकको दुई नयाँ शाखा कार्यालयहरू सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ स्थित खाँडीचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीबाट तथा पाँचखाल४, समाज कल्याण चोकस्थित पाँचखाल शाखाको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलबाट सोमबार उद्घाटन भएको छ ।

331
कारोबार संवाददाता
मंगलबार, मंसिर ११, २०७५

महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा सोमबार बारा जिल्ला, प्रसौनी गाउँपालिका–२, स्थित प्रसौनी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । प्रसौनी शाखाको उद्घाटन प्रसौनी गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले दीप प्रज्वलनका साथ गरेका थिए ।

296
कारोबार संवाददाता
मंगलबार, मंसिर ११, २०७५

सिभिल बैंक लिमिटेडले आफ्नो आठौंैं वार्षिकोत्सवको अवसरमा वृक्षरोपण कार्यक्रम, रक्तदान कार्यक्रमहरू तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमहरूको आयोजना गरी मनाएको छ ।

417
कारोबार संवाददाता
मंगलबार, मंसिर ११, २०७५

एसियाली विकास बैंक (एडीबी) ले सहरी क्षेत्रको खानेपानी आपूर्ति तथा ऊर्जा क्षेत्रका लागि करिब १७ अर्ब रूपैयाँको ऋण सहायता गरेको छ ।

327
कारोबार संवाददाता
सोमवार, मंसिर १०, २०७५

नेपाल महिला चेम्बरले राजधनीमा आइतबार ‘वित्तीय साक्षरता तालिम कार्यक्रम’ को आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले महिलाहरूको वित्तीय ज्ञान र त्यसको सही सदुपयोग हुन सकेमा देश समृद्धिको बाटोमा अघि बढ्ने कुरा बताए । महिलाको वित्तीय चेतना, जागरण र साक्षरता देशको समृद्धिको मूल आधार भएको कुरा उनले उल्लेख गरे ।

317
कारोबार संवाददाता
सोमवार, मंसिर १०, २०७५

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौताभएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट प्रमुखकार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका तर्फबाट नायव कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

326
कारोबार संवाददाता
सोमवार, मंसिर १०, २०७५

नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा तीन लाख रुपैयाँ बराबरको बिमा सुविधा उपलब्ध गराउने भएको छ । यो सुविधा आइतबारदेखि नै लागू भएको काठमाडौंमा आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

396
कारोबार संवाददाता
सोमवार, मंसिर १०, २०७५

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकहरूलाई सीसीडी रेसियोमा बार्गेनिड नगर्न निर्देशन दिएका छन् । पछिल्लो समय लगानीयोग्य रकमको अभाव भएकाले सीसीडी रेसियो खुकुलो पार्न बैंकहरूले अनुरोध गरिरहेका थिए । तर, गभर्नर डा. नेपालले निक्षेप बढाउन नसक्ने अनि मागे जति ऋण खुरुखुर दिएर थप ऋण दिने पैसा छैन भन्दै बैंकरहरूले रोइलो गरेकोमा आपत्ति जनाए ।

323
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ ।

397