यादव हुमागाई
बिहिवार, चैत्र २१, २०७५

समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिले भेगास सिटी अपार्टमेन्ट लिलाम बिक्री गर्ने भएको छ । ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतले महालक्ष्मी नगरपालिका—२ स्थित निर्माणाधीन अपार्टमेन्ट पूरा गरी बचतकर्ताको रकम फिर्ता गर्ने योजना पेश गरे पनि समितिले त्यसलाई अस्वीकृत गरी लिलामीमा लैजाने निर्णय गरेको हो ।

777
मनोरञ्जन शर्मा
बुधवार, चैत्र २०, २०७५

प्रदेश नम्बर ५ को १०९ वटा स्थानीय तहमध्ये हालसम्म १ सय ८ वटा स्थानीय तहमा वाणिज्य बैंक स्थापना भएको छ । प्रदेशका प्राय सबै स्थानीय तहमा वाणिज्य बैंक मात्र होइन विकास बैंकसमेत सञ्चालनमा रहे तापनि रोल्पाको एक गाउँपालिकामा भने अहिलेसम्म नेपाल राष्ट्रबैंकबाट सूचीकृत क,ख,ग र घ वर्ग कुनै पनि शाखा वा एक्सटेन्सन काउन्टरसमेत छैन । त्यहाँको सुनछहारी गाउँपालिकामा अहिलेसम्म वाणिज्य बैंक स्थापना भएको छैन ।

288
विप्लव काफ्ले
बुधवार, चैत्र २०, २०७५

आर्थिक विकासको तेस्रो खम्बाका रूपमा सहकारीलाई लिइन्छ । नेपालकै पहिलो सहकारी चितवनको भरतपुर–१९ मा रहेको बखान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड इतिहास जोगाउन कस्सिएको छ । यो सहकारी २०१३ चैत २० गते स्थापना भएको थियो । यही दिनलाई राष्ट्रिय सहकारी दिवसका रूपमा मनाउने गरिन्छ । बाढी प्रभावितको जीवनस्तर सुधार्न ६० जनाबाट १० रूपैयाँका दरले बचत गर्ने गरी सहकारी खुलेको थियो । गोर्खा, लमजुङ, तनहुँ तथा गण्डक क्षेत्रका बाढी प्रभावितलाई चितवनमा बस्ती बसाउन सञ्चालित राप्ती दुन परियोजनाले जग्गा र जीविकोपार्जनलाई केही रकम दिन्थ्यो । बसाईसरी आएकालाई हलो, कोदालो, कुटो, बीउलगायतका सहयोग गर्न सहकारी जन्मिएको थियो । तत्कालिन सरकारका रजिष्टार कृष्ण बम मल्लले सहकारी दर्ता गराए ।

271
कारोबार संवाददाता
बुधवार, चैत्र २०, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी अभियानमा जम्मा भएको श्रम तथा पुँजीलाई उत्पादनमूलक काममा लगाउन आग्रह गरेका छन् । ६२ औं सहकारी दिवसको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघले गरेको कार्यक्रममा उनले कृषिको व्यवसायीकरण गर्न सहकारीलाई माध्यम बनाउनुपर्ने बताए ।

352
कारोबार संवाददाता
बुधवार, चैत्र २०, २०७५

मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केटस् लिमिटेडले मर्चेन्ट बैंकिङ व्यवसाय गर्नका लागि अनुमतिप्राप्त गरेको छ ।

247
कारोबार संवाददाता
बुधवार, चैत्र २०, २०७५

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले सोमबार लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सर्लाही, फिक्कल गाउँपालिका–४ स्थित खाङसाङ सिन्धुली, सुनकोसी गाउँपालिका–३ स्थित रातमाटा, सिन्धुली र शिवराज नगरपालिका–३ स्थित खरेन्द्रपुर, कपिलवस्तुमा गरी ४ नयाँ शाखा स्थापना गरेको छ ।

240
कारोबार संवाददाता
बुधवार, चैत्र २०, २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले ‘सिटिजन्स बारापर्सा हुरी पीडित राहतकोष–२०७५’ को स्थापना गरेको छ ।

214
कारोबार संवाददाता
बुधवार, चैत्र २०, २०७५

मुगु जिल्लामा रहेको चार स्थानीय निकायमध्ये सोरु गाउँपालिका अन्तर गत सोरुकोटबाट राष्ट्रिय वाणिज्य बैंकले आफ्नो शाखा खोली सञ्चालनमा ल्याएकाले स्थानीयवासी गाउँ–घरमै बैंक सुविधा पाउँदा निकै खुसी भएका छन् ।

233
कारोबार संवाददाता
मंगलबार, चैत्र १९, २०७५

मेगा बैंक नेपाल लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट’ सेवा सुरु गरेको छ । अष्ट्रेलियाको अजीज फरेक्स एन्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा मेगा बैंकले अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा सुरु गरेको हो । अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा पहिलोपटक सुरु गरिएको जनाएको छ । यो सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २३ सयभन्दा बढी एजेन्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिनेछ ।

226
कारोबार संवाददाता
मंगलबार, चैत्र १९, २०७५

सिद्घार्थ बैंकले २०७५चैत १० गते आइतबारका दिन वीरगन्ज नगरपालिकाकोे मुरलीचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरू सञ्चालनमा ल्याएको हो ।

200
कारोबार संवाददाता
मंगलबार, चैत्र १९, २०७५

पोखराको ओम डेभलपमेन्ट बैंक र एनक्लाउडबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी तथा एनक्लाउडका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र नारायण श्रेष्ठले स्थानीय शृङ्गा यातायात र पोखरा बस व्यवसायी समितिका अधिकारीहरूको उपस्थितिमा हस्ताक्षर गरेका थिए ।

194
कारोबार संवाददाता
मंगलबार, चैत्र १९, २०७५

कैलाश विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरादायित्वअन्तर्गत पोखरा महानगरपालिका–७ रत्नचोक कास्कीमा रहेको रत्नचोक टोल विकास संस्थालाई यही चैत १६ गते शनिबार ३५ थान डस्टबिन बितरण गरेको छ । उक्त कार्यक्रमबाट स्वास्थ सफा सुन्दर पोखरा महानगरको अभियानमा थप टेवा पुग्नुको साथै पैदल यात्रीलाई समेत फोहर व्यवस्थापन गर्न मद्दत मिल्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

244
कारोबार संवाददाता
मंगलबार, चैत्र १९, २०७५

एभरेस्ट बैंक लिमिटेडले नयाँ वर्षको उपलक्ष्यमा २०७६ सालको क्यालेन्डर विमोचन गरेको छ । क्यालेन्डर विमोचनको कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबारमा भएको थियो । एभरेस्ट बैंकले आफ्ना ग्राहकहरूलाई २५ औं वर्षसम्मको निरन्तर सेवा पु¥याएको परिप्रेक्षमा नेपाल सरकारको ‘भिजिट नेपाल २०२०’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै अतिथि देवो भवः भन्ने भावका साथ नयाँ वर्ष २०७६ को क्यालेन्डर ग्राहकहरू समक्ष ल्याएको जनाएको छ ।

189
कारोबार संवाददाता
सोमवार, चैत्र १८, २०७५

नेपाल बंगलादेश बैंकले शाखा विस्तारको क्रममा आफ्नो ८६ औं शाखा सञ्चालनमा ल्याएको छ । यस बैंकले आइतबारबाट झापा जिल्लाको दमकमा उद्घाटन भई औपचारिक कारोबार शुभारम्भ भएको छ ।

284
कारोबार संवाददाता
सोमवार, चैत्र १८, २०७५

योर पार्टनर फर प्रोग्रेस भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु-याउँदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनलले भीमढुंगा, रामकोटमा रहेको त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बिच बैंकद्वारा सो संस्थालाई ५० हजारका चेक हस्तान्तरण गरियो ।

295