कारोबार संवाददाता
बुधवार, चैत्र २१, २०७४

कुमारी बैंकले १७ औं वर्ष सफलतापूर्वक सम्पन्न गरी १८ औंै वर्षमा प्रवेश गरेको सुखद् उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कुमारी बैंक कर्मचारी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवं ग्राहकहरू गरी १०३ जनाले रक्तदान गरेका छन् ।

662
कारोबार संवाददाता
बुधवार, चैत्र २१, २०७४

ज्योति विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सकाबीच मंगलबार बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरूमार्फत एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा योजनाहरू बिक्री गर्ने एवं अभिकर्ता तथा बिमितहरूलाई छिटो, छरितो एवं भरपर्दो सेवा पु¥याउने उद्देश्येले दुई संस्थाकाबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

730
यादव हुमागाई
मंगलबार, चैत्र २०, २०७४

सहकारी संस्थाको ब्याजदरलाई व्यवस्थित गर्न सरकारले ‘सन्दर्भ ब्याज दर’ तोक्ने भएको छ । सहकारीले जथाभावी ब्याज दर लिएको गुनासो बढेपछि यसलाई नियन्त्रण गर्न सरकारले कानुनमार्फत नै यस्तो व्यवस्था ल्याएको हो ।

1179
कारोबार संवाददाता
सोमवार, चैत्र १९, २०७४

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १६ वटा वाणिज्य बैंकको खराब कर्जा बढेको छ । बैंकहरूले पुँजी वृद्धिको अनुपातमा नाफा गर्ने होडले आक्रामक रूपमा कर्जा प्रवाह गर्दा खराब कर्जाको अंश बढेको हो ।

7287
कारोबार संवाददाता
सोमवार, चैत्र १९, २०७४

सन राइज बैंकले बानियाटार शाखालाई टोखामा स्थानान्तरण गरेको छ । टोखा नगरपालिका ८ (साविकको स्थानबाट करिब ३० मिटरको दूरी) मा शाखा स्थानान्तरण गरिएकोे बैंकले जनाएको छ ।

661
कारोबार संवाददाता
सोमवार, चैत्र १९, २०७४

आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबिच संस्थाका सदस्यहरूको स्वास्थ्य बिमा तथा सामूहिक दुर्घटना बिमा गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरे ।

578
कारोबार संवाददाता
शुक्रवार, चैत्र १६, २०७४

नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउन्डेसनले दृष्टिविहीन सहयोग केन्द्र नेपालको सहकार्यमा ४ विद्यालयका दृष्टिविहीन विद्यार्थीहरूको शैक्षिक विकासका लागि ८ थान नयाँ कम्प्युटरहरू हस्तान्तरण गरेको छ । कम्प्युटरहरूमा दृष्टिविहीन छात्रछात्राहरूलाई अध्ययन गर्न सहजताको लागि जज् नामक सफ्टवेयर स्थापना गरी हस्तान्तरण गरिएको पनि जनाएको छ ।

749
कारोबार संवाददाता
शुक्रवार, चैत्र १६, २०७४

मुक्तिनाथ विकास बैंकको तुलसीपुर उप–महानगरपालिका ५ ‘ग’ लाइनमा रहेको तुलसीपुर शाखाको बुधबार दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका कम्पनी सचिव डण्डपानी ढकालले स्वागत मन्तव्य तथा बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको मन्तव्य दिएका थिए ।

653
कारोबार संवाददाता
बिहिवार, चैत्र १५, २०७४

नेपाल राष्ट्र बैंकले स्थानीय तहमा शाखा विस्तार गर्ने प्रक्रियामा सिमा तोकेको छ । राष्ट्र बैंकले आगामी वैशाखसम्ममा तोकिएको स्थानीय तहमा शाखा खोल्नैपर्ने व्यवस्था गरेको हो ।

822
रमेश पाण्डे
बिहिवार, चैत्र १५, २०७४

नेपाल इन्भेस्टमेण्ट बैंक लिले एकैदिन दुइटा शाखा स्थानान्तरण गरेको छ । स्थानान्तरण गरिएका चनौली र दलदले शाखाको बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे । बैंकले हाल ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ ।

747
कारोबार संवाददाता
बुधवार, चैत्र १४, २०७४

सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्क हटाउने भएको छ । सहकारीले ऋण लगानी गर्दा सदस्यबाट चर्को शुल्क लिने गरेको गुनासो आएपछि यसलाई हटाउन लागिएको विभागका रजिष्टार केशवप्रसाद रेग्मीले जानकारी दिए । “सहकारीले ऋण लगानी गर्दा धेरै शुल्क उठाउने गरेको गुनासो आएको छ,” रजिष्टार रेग्मीले भने, “यसलाई कसरी हटाउन सकिन्छ भनेर गृहकार्य भइरहेको छ ।”

2468
कारोबार संवाददाता
मंगलबार, चैत्र १३, २०७४

संघीयताको कार्यान्वयनसँगै यहाँका स्थानीय तहहरूलाई आ–आफ्नो कार्यक्षेत्र भित्रका सहकारी संस्थाहरू हस्तान्तरण गर्न थालिएको छ । डिभिजन सहकारी कार्यालय बागलुङले सहकारी ऐन ०७४ अनुसार स्थानीय तहहरूलाई सहकारी संघ–संस्था हस्तान्तरण गर्न सुरु गरेको हो ।

1127
भुवन पौडेल
मंगलबार, चैत्र १३, २०७४

नेपाल राष्ट्र बैंकले अग्रिम ब्याज भुक्तानी दिने गरी सञ्चालनमा ल्याएका बैंक तथा वित्तीय संस्थाका योजना तत्काल बन्द गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीकै जोखिम बढाउने भन्दै यस्ता योजना बन्द गर्न भनेको हो । पछिल्लो समयमा बैंकहरूले ११ प्रतिशत ब्याजदरको सीमाभन्दा माथि नजाने सहमति गरेपछि निक्षेप तान्ने विकल्पका रूपमा अग्रिम ब्याज भुक्तानी योजना सञ्चालनको दौड सुरु भएको थियो ।

11840
लक्ष्मी सापकोटा
सोमवार, चैत्र १२, २०७४

सरकारले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र वाणिज्य विभाग एउटै बनाउने भएको छ । दुई वर्षअघि छुट्टाछुट्टै बनाइएका दुई विभागलाई एउटै बनाउन लागिएको हो । २९ पुस २०७२ मा वाणिज्य र उपभोक्ता हित संरक्षण तथा आपूर्ति व्यवस्थापन विभाग छुट्टै भएर काम गर्दै आएका विभागलाई पुनः एउटै मनाउन लागिएको हो ।

1022
कारोबार संवाददाता
सोमवार, चैत्र १२, २०७४

सानिमा लाइफ इन्स्योरेन्सले एकै दिन ३ शाखा खोलेको छ । कम्पनीले आफ्नो व्यावसायिक लक्ष्य प्राप्तिका लागि देशभरि शाखा सञ्जाल विस्तार गर्ने र जीवन बिमा सेवा उपभोग गर्न नपाएका नेपालीहरूलाई जीवन बिमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बिमा सेवा प्रदान गर्ने उद्देश्यले शाखा खोलिएको जनाएको छ ।

691