कारोबार संवाददाता
सोमवार, बैशाख १७, २०७५

महालक्ष्मी विकास बैंक चरिकोट शाखा कार्यालयले तामाकोसी गाउँपालिका–१ भीरकोटमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

533
कारोबार संवाददाता
सोमवार, बैशाख १७, २०७५

एभरेस्ट बैंक लिमिटेडद्वारा लुम्बिनीको मायादेवी परिसर बाहिर रहेको २ हजार लिटर क्षमताको शुद्घीकरण गरिएको खानेपानी स्थललाई व्यवस्थित गरी आइतबार एक कार्यक्रमकाबीच लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको छ ।

528
कारोबार संवाददाता
सोमवार, बैशाख १७, २०७५

नारायण क्याम्पस दैलेखमा पुस्ताकालय सञ्चालनका लागि सिद्धार्थ बैंकले आर्थिक सहयोग गरेको छ । क्याम्पसको वार्षिकोत्सवक अवसरमा आयोजित एक कार्यक्रममा बैंकका शाखा प्रबन्धक वीरेन्द्र सिंह कार्कीले सहयोग रकम हस्तान्तरण गरे ।

520
कारोबार संवाददाता
सोमवार, बैशाख १७, २०७५

मुलुकको अग्रणी बैंक नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको प्रथम ९ महिनामा २ अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब १२ करोड छ । बैंकको खुद मुनाफा गत वर्षको यस अवधिको तुलनामा २.०६ प्रतिशतले बढी छ । यस अवधिमा बैंकको निक्षेप ९० अर्ब ८१ करोड र कर्जा ७९ अर्ब ७१ करोड पुगेको छ ।

663
कारोबार संवाददाता
सोमवार, बैशाख १७, २०७५

राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत्र प्राप्त वाणिज्य बैंक मेगा बैंक नेपाल लिमिटेडको पर्वत सदरमुकाम कुश्माबजारमा विस्तार भएको छ ।

512
कारोबार संवाददाता
सोमवार, बैशाख १७, २०७५

संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरूलाई सरल र सहज रूपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ बैंकले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा १ र कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय आइतबारदेखि सञ्चालनमा ल्याएको छ ।

473
भुवन पौडेल
सोमवार, बैशाख १७, २०७५

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूले कर्जा प्रवाहमा नियान्त्रण गरेको भए पनि नाफा भने १५ प्रतिशतभन्दा धेरैले बढेको छ । यो नाफा गत आवको सोही अवधिको वृद्धिको तुलनामा आधाले कम हो ।

1560
कारोबार संवाददाता
आइतवार, बैशाख १६, २०७५

आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा आज प्राइम कमर्सियल बैंक लिमिटेडले स्याङ्जाको फेदीखोला गाउँपालिका, नवलपरासीको सरावल गाउँपालिका, रुपन्देहीको मायादेवी गाउँपालिका र कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा नयांँ शाखाहरूको शुभारम्भ गरेको छ ।

546
कारोबार संवाददाता
आइतवार, बैशाख १६, २०७५

ग्लोबल आइएमई बैंक र विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच कर्जा लेनदेन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

911
कारोबार संवाददाता
आइतवार, बैशाख १६, २०७५

देश संघीय गणतन्त्रमा प्रवेश गरेसँगै ७ सय ५३ स्थानीय तह गठन भए । स्थानीय सरकार गठन भएको वर्ष दिन पुग्नै लाग्दा पनि कतिपयमा अझै बैंकिङ सुविधा पुगेको छैन । नेपाल राष्ट्र बैंकले ७ सय ५३ स्थानीय तहमध्ये १ सय २० मा अझै बैंकिङ सेवा नपुगेको जनाएको छ ।

795
कारोबार संवाददाता
शुक्रवार, बैशाख १४, २०७५

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सेन्चुरी बैंक लिमिटेडबीच बैंक इस्योरेन्स सम्झौता भएको छ ।

597
कारोबार संवाददाता
शुक्रवार, बैशाख १४, २०७५

नेपाल बंगलादेश बैंक र रिलाएबल नेपाल लाइफ इन्स्योरेन्सका बीचमा मिति बिहीबार बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।

656
कारोबार संवाददाता
बिहिवार, बैशाख १३, २०७५

काठमाडौं महानगरपालिका–३२, महादेवस्थानमा रहेको मदन भण्डारी स्मृति बाटिकाको संरक्षण जनता बैंकको सहयोगमा गरिने भएको छ । काठमाडौं महानगरपालिका–३२ एवं उपत्यका विकास प्राधिकरणको प्राविधिक तथा आर्थिक सहयोगमा करिब ४ रोपनी जग्गामा निर्माण गरिएको उक्त बाटिका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उद्घाटन गरेका थिए ।

432
कारोबार संवाददाता
बिहिवार, बैशाख १३, २०७५

बैंक अफ काठमाण्डू र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

441
कारोबार संवाददाता
बिहिवार, बैशाख १३, २०७५

सरकारले ४२ जिल्लाका सहकारी स्थानीय तहलाई हस्तान्तरण गरेको छ । चैतभरमा सबै स्थानीय तहलाई हस्तान्तरण गरिसक्ने योजना बनाए पनि लक्ष्यभन्दा न्यून मात्र हस्तान्तरण गरिएको हो ।संविधानअनुसार एक स्थानीय तहभित्र कार्यक्षेत्र भएका सहकारी स्थानीय तह, एकभन्दा बढी स्थानीय तह कार्यक्षेत्र भएका सहकारी प्रदेश र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएका सहकारीहरू संघ मातहत सञ्चालनमा हुने व्यवस्था छ ।

681