कारोबार संवाददाता
मंगलबार, आश्विन ३०, २०७५

मुलुकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरूले बताएका छन् । नेपालीहरूको महान चाड विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल संवत् ११३९ को अवसरमा नेपाल घरेलु तथा साना उघोग महासंघद्वारा राजधानीमा आयोजित शुभकामना आदान प्रदान एवं अन्तरक्रियामा बोल्नेहरूले यस्तो बताएका हुन् ।

396
कारोबार संवाददाता
सोमवार, आश्विन २९, २०७५

एलजी ब्रान्डको आधिकारीक विक्रेता सीजी इलेक्ट्रोनिक्सले चाड पर्वको आगमनसँगै एलजीको ५५ र ६५ इन्चको यूएचडी टिभीको मागमा अत्याधिक वृद्धि भएको जनाएको छ । साथै ४९ र ४३ इन्चको यूएचडी टिभीहरूको माग पनि अत्याधिक छ । एलजीको यूएचडी टिभीहरूमा निम्न लिखित विशेषता रहेका कारणले गर्दा ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आएको छ ।

1449
कारोबार संवाददाता
सोमवार, आश्विन २९, २०७५

इजिलिंक रेमिट्यान्सले चर्चित पत्रकार रवि लामिछानेलाई आइतबार राजधानीमा गरिएको पत्रकार सम्मेलनबीच आफ्नो कम्पनीको ब्रान्ड एम्बास्डरमा आधिकारिक रूपमा नियुक्त गरेको घोषणा गरेको छ । लामिछानेले आफ्नो पेसालाई देशको राजनीतिक, सामाजिक, आर्थिकलगायत विविध क्षेत्रमा व्याप्त विकृति र विसङ्गतिको विरुद्ध सशक्त रूपमा प्रयोग गरेका छन् ।

496
कारोबार संवाददाता
सोमवार, आश्विन २९, २०७५

बर्जर पेन्ट्सले आफ्ना उपभोक्ताहरूको लागि ल्याएको उपहार योजना ‘बर्जरको एटीएम अफर’ को विजेताहरू घोषणा गरेको छ । चर्चित नायक बिपिन कार्की र नायिका वर्षा राउतलाई आफ्नो क्याम्पेन एम्बासडर बनाएको यस योजना अवधिभर ६५२१ घरहरू दर्ता र २३४४ फोटोहरू दर्ता भएका थिए ।

276
कारोबार संवाददाता
सोमवार, आश्विन २९, २०७५

विराटनगरका प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीबन्ध गोयलले विभिन्न विद्यालयमा अध्ययनरत एक दर्जन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् ।

228
सागर परियार
सोमवार, आश्विन २९, २०७५

कर्णाली आफैंमा पर्यटनको सम्भावना नै सम्भावना भएको प्रदेश हो । यहाँ पर्यटकीय गन्तव्य हजारौं छन् । ताल तलैया झरना, मठ मन्दिर, भाषा संस्कृति र पुरातात्विक महत्व बोकेका क्षेत्र कर्णालीमा छन् । जाजरकोट दरबारदेखि मुगुको राराताल, जुम्लाको चन्दननाथ, गुठिचौर छुमचौर तथा सुर्खेतका बुलबुले काँक्रेविहार तथा देउती बजैलगायत हजारौं पर्यटकीय क्षेत्र कर्णालीमा छन् ।

246
कारोबार संवाददाता
आइतवार, आश्विन २८, २०७५

एसएमएल ईसुजुको नेपालका लागि आधिकारिक बिक्रेताको रूपमा गोल्डफिस इटरनेसनल चयन भएको छ । लक्ष्मी समूहअन्तर्गतको कम्पनी गोल्डफिस अधिकारिक विक्रेता रूपमा नियुक्त भएको हो ।

422
कारोबार संवाददाता
आइतवार, आश्विन २८, २०७५

काठमाडौंको सोल्टी होटलको परिसरमा रहेको क्यासिनो महजोंगले सर्वोत्कृष्ट क्यासिनो अवार्ड प्राप्त गरेको छ । भारतका पर्यटन मन्त्री केजे अल्फोन्स र संसदीय कार्य व्यवस्था मन्त्री विजय गोयलको प्रमुख आतिथ्यमा हालै भारतको नयाँदिल्लीमा भएको विशेष समारोहमा क्यासिनो महाजोंगका प्रबन्ध निर्देशक विनोद श्रेष्ठको तर्फबाट कम्पनीका निर्देशक हेमन्त कक्षपति तथा कम्पनीका महाम्रवन्धक अमूल्य विक्रम राणालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

326
कारोबार संवाददाता
आइतवार, आश्विन २८, २०७५

पछिल्लो समयमा आएर बाँकेमा करोडौं लगानीका अत्याधुनिक होटलहरू खुल्ने क्रम जारी रहेकै बेला ७१ करोड बढीको लगानीमा भारतीय पर्यटकलाई लक्षित गरेर थप एक अर्को नयाँ होटल तयार भइरहेको छ ।

1206
सरस्वती ढकाल
आइतवार, आश्विन २८, २०७५

चालू आर्थिक वर्षको पहिलो अढाई महिनामा ६ अर्ब रुपैयाँ बराबरका नयाँ उद्योग दर्ताका लागि प्रतिबद्धता प्राप्त भएको छ । स्वदेशी तथा विदेशी लगानीका लागि पहिलो द्वार मानिएको उद्योग विभागमा चालू वर्षको यो अवधिमा १५३ उद्योगका लागि प्रतिबद्धता आएको हो । विभागका अनुसार पर्यटन, सेवा तथा उत्पादनमूलक क्षेत्रमा लगानीका तुलनात्मक रूपमा धेरै लगानीको प्रतिबद्धता आएको छ ।

690
कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५

पछिल्लो समय सरकारी तथा गैर–सरकारी क्षेत्रबाट राम्रो सहयोग पाउन थालेपछि जिल्लामा चिया प्रशोधन कारखाना स्थापना हुन थालेका छन् ।

308
कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५

बुटवलमा दसैं सस्तो बजार नेपाल उद्योग वाणिज्य संघ बुटवलले दसैं पर्वलाई लक्षित गरी उपभोक्तालाई चिनी प्रतिकिलो ५८ रुपैयाँमा उपलब्ध गराउन थालेको छ । मंगलबारदेखि बुटवलस्थित बाल मन्दिरमा सञ्चालन गरिएको दसैं सस्तो बजारमा संघले चिनी प्रतिकिलो ५८ रुपैयाँमा उपलब्ध गराउन थालेको हो । उपभोक्तालाई सर्वसुलभ खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले सस्तो बजार सञ्चालन गरिएको हो । “बजारमा भन्दा दसैं सस्तो बजारमा खाद्य सामग्री निकै सहुलित दरमा बिक्री भइरहेको छ,” उद्योग वाणिज्य संघ बुटवलका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुले भने, “बजारमा चिनी ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ, तर हामीले उपभोक्तालाई ५८ रुपैयाँमा उपलब्ध गराएका छौं ।” खरिद मूल्य ६२ रुपैयाँबाट ४ रुपैयाँ घटाएर ५८ रुपैयाँमा उपभोक्तालाई बिक्री गरिएको उनले बताए । व्यावसायिक हक हितका लागि मात्र काम नगरी संघले उपभोक्तालाई समेत मध्यनजर गर्दै चाडपर्वका बेलामा केही सहुलियतमा खाद्य वस्तु उपलब्ध गराउनुपर्छ भन्ने मान्यता राख्दै चिनी मात्र नभई २ दर्जन बढी खाद्य वस्तु तथा तेलजन्य वस्तुमा २५ प्रतिशतसम्म छुटमा उपलब्ध गराइएको कसजुले बताए । संघले सञ्चालनमा ल्याएको सस्तो बजारमा डिडिसीको घ्युमा १ सय रुपैयाँ बजारमा भन्दा सस्तोमा बिक्री भइरहेको छ । त्यसैगरी तोरीको तेल, सोयाबिनको तेल, आँटा, मैदा, चिउरा, चामल, चियापत्ती, माछा, अन्डालगायतका सामग्री पनि सस्तोमा बिक्री भइरहेको छ । चार दिनसम्म सञ्चालन हुने दसैं सस्तो बजारमा उपभोक्ताको उल्लेख्य उपस्थिति देखिएको छ । दसैं सस्तो बजारमा बुटवल उद्योग वाणिज्य संघमा आबद्ध व्यवसायी तथा प्रतिष्ठानहरूले न्यून मुनाफा राखेर खाद्यवस्तुलगायतका सामान उपलब्ध गराएका हुन् । सस्तो बजारमा नयाँ नोटसमेत सटही व्यवस्था गरिएको छ । प्रतिदिन ३ सय जनालाई ५ हजार रुपैयाँसम्मको नयाँ नोट सटही व्यवस्था गरिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर कार्कीले बताए । दुई दिनमा ६ हजार बढी उपभोक्ताले दसैं सस्तो बजारबाट वस्तु तथा सामग्री खरिद गरेको संघले जनाएको छ ।

343
कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५

जता बाटो उतै व्यपार भनेझै, सडक संञ्जाल विस्तार भएका धनकुटाको ग्रामिण इलाकामा लाग्ने साप्ताहिक र छोटी बजारहरुमा दशैं बजारको चलहपहल सुरु भएको छ । दशैं तिहार नजिकिएसँगै धनकुटाका साप्ताहिक, पाक्षिक बजारमा किनमेल गर्ने सर्वसाधारणको घुईचो लाग्न थालेको हो ।

325
धर्मेन्द्र कर्ण
बिहिवार, आश्विन २५, २०७५

फेसनको बजार गाउँको स्कूलदेखि सिंहदरबारसम्म रहेको पाइन्छ । स्कूलको पोशाकमा सर्ट प्यान्ट कोट हुन्छ । सिंहदरबारका सांसद मन्त्रीले सामान्य रूपमा सर्ट प्यान्ट कोटको प्रयोग गरेको पाइन्छ । पोशाकलाई फेसनले प्रभाव पार्छ भने फेसनले कपडाको उत्पादनमा प्रभाव पार्छ ।

992
कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५

विगत २४ वर्षदेखि चाँदीका उच्चस्तरीय सामानहरूको बिक्री गर्दै आएको सिल्भर स्टेटले आफ्नो तोस्रो शोरुम ललितपुरको जावालाखेलमा सञ्चालनमा ल्याएको छ । यसअघि धर्मपथ न्युरोड र शुक्रपथमा सिल्भर स्टेटले आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

326