कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५
411

घोराही उपमहानगरपालिका वडा न ३ र ५ मा स्थापना हुने औद्योगिक क्षेत्रको मन्त्रालयको टोलीले अध्ययन गरेको छ ।
औद्योगिक क्षेत्र घोषणाका लागि मन्त्रिपरिषद्मा फाइल पुगेपछि त्यसका वास्तबिकता फिल्डमा पुगेर अध्ययन गर्ने सरकारले विभिन्न मन्त्रालयका प्रतिनिधिहरू रहेको एक समिति गठन गरेको थियो । समिति उद्योग आपूर्ति तथा वाणिज्य मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीको संयोजकत्वमा एक समिति गठन गरेको थियो । समितिको सदस्य सचिवमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर वस्नेत सदस्य सचिव छन् । समितिका सदस्यहरूमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरू छन् । समितिले फिल्ड अध्ययन गरेर प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद्ले औद्योगिक क्षेत्र घोषण गर्ने दाङ जिल्ला उद्योगा वाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिए । “दाङमा अब छिट्टै नै औद्योगिक क्षेत्र घोषण हुने छ,” अध्यक्ष भुसालले भने । घोषणाको अन्तीम तयारी स्वरुप विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको सहभागितामा अध्ययन गर्न थालिएको उनको भनाइ रहेको छ । औद्योगिक क्षेत्र निर्माणका लागि ५ सय ५० विग्राहामा अध्ययन भएको अध्यक्ष भुसालले बताए । आवश्यक परेमा त्यसलाई बढाएर ७ सय बिगाहासमेत बनाउन सकिने उनको भनाइ छ ।

औद्योगिक क्षेत्र घोषणा गरीने क्षेत्रको अध्ययन गर्ने गठित समितिका संयोजक तथा उद्योग आपूर्ति तथा वाणिज्य मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले आफुहरू वास्तविकता अध्ययन गर्ने आएको बताए । “हामीलाई फिल्डको वास्तविकता अध्ययन गर्नेका लागि पठाइएको हो त्यसैका लागि हामी आएका हौं,” सहसचिव मरासिनीले भने । आफूहरूले प्रतिवेदन बुझाएपछि प्रक्रिया अगाडि बढ्ने बताए । घोराहीमा स्थापना गरिने भनिएको औद्योगिक क्षेत्र उपयुक्त रहेको उनको भनाइ छ ।
सबैको सहयोगमा नै काम अगाडि बढेको सहसचिव मसासिनीले बताए । कुनै पनि कार्य अगाडि बढाउन स्थानियको सहयोग आवश्यक रहने समेत बताए । संभावनाको पहिचान गरी अगाडि बढ्न सक्नुपर्ने सह सचिव मसासिनीकोे भनाइ रहेको छ । हावा, पानी, वातावरणले उपयुक्त मानिएका लागि अगाडि बढाउनु पर्ने बताए । उनले औद्योगिक क्षेत्र घोषण भएपछि के–कस्ता उद्योगहरू स्थापना गर्ने भनेर प्रोफाइल बनाउन आवश्यक रहेको बताए । योजना निर्माण गर्दा ठूलो सोच राखेर अगाडि बढ्नसमेत उनको सुझाव छ । जसले रोजगारीको समेत सिर्जना गरेर जिल्लावासीहरू रोजगारको लागि बाहिर जानुपर्ने बाध्यता केही मात्रामा भए पनि समाधान होस ।
औद्योगिक क्षेत्र विकास व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर पुनले लिमिटेडले औद्योगिक क्षेत्र घोषणाका लागि सरकारलाई फाइल पठाइसकेको बताए । मन्त्रिपरिषद्बाट घोषणा हुनभन्दा पहिले विभिन्न मन्त्रालय प्रतिनिधिहरू सहितको समिति निर्माण गरेर जिल्लामा अध्ययनका लागि पठाएको जानकारी दिए । समितिले प्रतिवेदन बुझाएसँगै मन्त्रिपरिषद्बाट घोषणा गर्ने उनको भनाइ छ । अहिले आएको टोलीले औद्योगिक क्षेत्र बनाउने भनिएको क्षेत्रमा कृषि, वन, मानव बस्ती, भौगोगिक अवस्थालगायतका विषयमा अध्ययन गर्ने उनको भनाइ छ । औद्योगिक क्षेत्रको काम अगाडि बढाउन, जन प्रतिनिधिहरू, स्थानीय बासिन्दा, तथा अन्य सरोकारवालाहरूको समेत सहयोग रहेको बस्नेतले बताए । औद्योगिक क्षेत्र घोषणापछि विस्तृत रूपमा डीपीआर तथा ई आए गरेर काम अगाडि बढ्नेसमेत बताए ।
यस क्षेत्रमा औद्योगिक क्षेत्र वनाउनका लागि आर्थिक वर्ष २०७२/०७३ बाट अध्ययन सुरु गरिएको थियो । जिल्लामा औद्योगिक क्षेत्र निर्माणका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले पहल गर्दै आएको छ । यस कार्यमा स्थानीय सरकार, जिल्लाका सरकारी, अन्य सरोकार निकायले समेत सहयोग गदै आएका छन् । औद्योगिक क्षेत्र स्थापना भएमा जिल्लाको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा लिएको छ भने जिल्ला वासीहरूले रोजगारको समेत अवसर प्राप्त गर्ने सक्ने छन् ।