कारोबार संवाददाता
बिहिवार, आश्विन १८, २०७५
574

 नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको कमल पोखरीमा सञ्चालनमा ल्याएको व्यावसायिक भवन सिटी सेन्टरमा गत शुक्रबारदेखि ‘सिटी सेन्टर सेलेब्रेसन स् दसैं तथा तिहार उत्सव २०७५’ सञ्चालन भएको छ । सम्पूर्ण घरायसी सामानहरू पाइने नेपालकै उत्कृष्ट मलहरूमध्येमा पर्ने सिटी सेन्टरले महान् चाड दसैं–तिहार तथा छठको अवसर पारेर उक्त मेलाको आयोजना गरेको जनाएको छ ।
दुई महिनासम्म सञ्चालन हुने उक्त मेलामा घरायसी सम्पूर्ण सामानमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरिएको सेण्टरले जानकारी गराएको छ । विगतदेखि नै ग्राहकमुखी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको सो सेन्टरले यसपटक पनि त्यसैको निरन्तरता स्वरूप दसैं मेला आयोजना गरेको बताएको छ ।