कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५
787

काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दसैं–तिहार लक्षित उपहार योजना सुरु गरेको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउनका लागि सञ्चालन गरेको योजनामा हात खाली नजाने उपहार राखिएको छ । फ्यान्टास्टिक दसैं–तिहार, हरेक दिन उपहार योजनाबाट सेवाग्राहीले कुनै न कुनै उपहार पाउने मलले जनाएको छ ।
चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले उनीहरूलाई कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए । उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा १ हजार रुपैयाँको सामान खरिद गर्नुपर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने गिरीले जानकारी दिए । यो अफरअन्तर्गत ग्राहकले दैनिक रूपमा स्मार्टफोन, १ हजार रुपैयाँको नगद छुट, खाजा तथा अन्य उपहारहरू प्राप्त गर्न सक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा ३२ इञ्चको सीजी टेलिभिजन, सीजी वासिङ मेसिन, र सीजी साउन्ड बार पनि उपहारको रूपमा पाउन सक्छन् । बम्पर उपहारका रूपमा ग्राहकमध्येबाट एक/एक जनाले टिभिएसको अपाची मोटरसाइकल, टिभिएसकै जुपिटर स्कुटर तथा ४ रात ५ दिनको बैंकक ट्रिपको अवसर पाउने गिरीले बताए । गिरीका अनुसार उपहार योजना आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।
मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेस्टुराँ, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्जलगायत ५ दर्जन बढी पसल सञ्चालनमा छन् ।