कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५
475

फ्लोरिङ, फर्निसिङ तथा फर्र्निचरको सोरुम, हलेसी डेकोरले मंगलबारदेखि महाराजगन्ज, चक्रपथ (नारायणगोपाल चोकबाट देब्रे साइडतिर २ सय मिटर अगाडि सर्भिसलेन बसुन्धारा जाने बाटोमा) मानया सोरुम सञ्चालनमा ल्याएको छ । ९ वर्ष अगाडि चाबहिलबाट सुरु गरेका हलेसी डेकोरले आफ्नो गुणस्तरीय क्वालिटी, उचित मूल्य तथा भरपर्दो सेवाका लागि ग्राहकवर्गहरूमा लोकप्रिय रहेको दाबी गरेको छ । अब एउटै छानामुनि नेपाली तथा विदेशी ब्रान्डका सबै फर्निसिङका सामानहरू ग्राहकले आफ्नो इच्छानुसार रोज्न पाउने तथा उचित मूल्य र गुणस्तरीय सामानको ग्राहकवर्गमा हुने सन्तुष्टि यस शाखाबाट पाउनु हुने हामीलाई विश्वास छ । हलेसी डेकोरले आफैं उत्पादन गरेको काठका फर्निचर तथा सोफाहरूका सम्पूर्ण रेन्ज यस शाखामा हुने छन् । तथा आन्तरिक गृह सज्जा कसरी गर्ने भने इन्टेरियर डेकोरेसनको सेवा पनि यस शाखाबाट प्रदान गरिनेकछ ।