कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५
545

विगत २४ वर्षदेखि चाँदीका उच्चस्तरीय सामानहरूको बिक्री गर्दै आएको सिल्भर स्टेटले आफ्नो तोस्रो शोरुम ललितपुरको जावालाखेलमा सञ्चालनमा ल्याएको छ । यसअघि धर्मपथ न्युरोड र शुक्रपथमा सिल्भर स्टेटले आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।
जवालाखेल शोरुम २ करोड लगानीमा सञ्चालनमा ल्याइएको हो । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य एवं नेपाल रत्न तथा आभूषण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले शोरुमको उद्घाटन गरेकी हुन् । समारोहमा श्रेष्ठले आभूषणका वस्तुहरू गुणस्तरीय हुनुपर्ने र गुणस्तरीय उत्पादनले मात्रै व्यवसायीको पहिचान गराउने बताइन् । आफ्नो उत्पादन गुणस्तरीय भएकाले लोकप्रिय रहेको सिल्भर स्टेटका प्रवन्ध निर्देशक सुशील मेहताले बताए ।