कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५
332

जता बाटो उतै व्यपार भनेझै, सडक संञ्जाल विस्तार भएका धनकुटाको ग्रामिण इलाकामा लाग्ने साप्ताहिक र छोटी बजारहरुमा दशैं बजारको चलहपहल सुरु भएको छ । दशैं तिहार नजिकिएसँगै धनकुटाका साप्ताहिक, पाक्षिक बजारमा किनमेल गर्ने सर्वसाधारणको घुईचो लाग्न थालेको हो ।
पर्याप्त हाटबजारको सुविधा नभएका स्थानमा लाग्ने यस्ता हाट बजारमा दशै, तिहार नजिकिएसँगै बोका खसी र मासु जन्य पंक्षिको बिक्रिगरी चार्डबार्डका लागी चाहिने सामग्री जोहो गर्नेको घुइचो लाग्न थालेको छ । संस्कृतिक पर्व भनिए पनि दशै तिहार लाई आर्थिक कारोबारको गतिलो समय मानिन्छ । गाँउ–गाँउबाट खसी, बोका, बंगुर कुखुरा लगायतका पशु तथा मासुजन्य पंछी लिएर बिक्रिका लागि आउनेको संख्या पनि ह्वात्तै बढेको हो ।
चार्डबार्डको समयमा अरुबेला भन्दा व्यापार राम्रो हुने भएकोले बजारमा सामग्री प्रदर्शनको र होडबाजी समेत चलेको छ । सडक संञ्जाल विस्तार भएसँगै गाउँमै खुल्न थालेका पसलले गर्दा सदरमुकाम र चल्तीका मानिएका व्यापारिक केन्द्रमा भने व्यापार खस्कीदै गएको व्यावसायी शंकर राई बताउछन् । सडक बिस्तार भए पनि यातायत पुग्न नसकेका स्थानका सर्वसाधरण भने किनमेलका लागि सदरमुकामनै आउने गरेका छन । व्यापारिका लागि चार्डबार्ड कमाउने मौका बनेर आएको छ भने आकासीदो महँगी, पसल पिच्छेको फरक मुल्यले गर्दा सर्वाधारणहर हैरान बनेका छन । मौकामा चौका हन्न पल्किएका व्यापारी र त्यसमा आँखा चिम्लेर समर्थन गर्ने प्रसाशन, बजार अनुगमनमा ध्यान नदिने स्थानिय सरकार र उपभोगत हितका लागि गठन गरिएका बिभिन्न संस्था समेत मिसावट, र कृतिम मूल्य बृद्घिका बारेमा चाल नपाए जस्तो गर्ने गलत प्रवृतिले सर्वसाधरण ठगिने क्रम बढ्दै गएको छथरजोरपाटीका मेघराज खतिवडा बताउछन् ।

चाडपर्बका सामग्री भारत बाट
दशै तिहार र छठ जस्ता चाडपर्ब नजिकीए संगै सीमापारिको बजार जोगवनीमा सामान खरिद गर्न जाने नेपालीको संख्या बढ्दै गएको छ ।
ठुला चाडपर्ब नजिकीएका बेला सामावरीपरि बस्ने नागरीक एक देश बाट अर्को देशमा गएर किनमेल गर्नु सामान्य कुरा हो तर धनकुटा, तेह्रथुम, भोजपुर लगायत जिल्ला बाट पनि चाडपर्ब सामग्री किनमेलका का लागि नेपाली बजार छोडेर भारतीय बजारमा पुग्ने गरेका छन् । भारतीय बजार जोगवनीमा भेटीएका भोजपुरका विक्रम राईले भने चाडपर्व नजिकिदै गएका छन् त्यसैले घर जाने बेलामा जोगवनी बाटै केहि समाग्री ल्याउकी भनेर जोगबनी आएको बताए । त्यस्तै काम बिशेषले इटहरी झरेका धनकुटाका रमेश कार्की पनि चाडबाड लाई केहि खाद्यन्य र लुगाफाटो जोगवनी बाटै लाने विचारले जोगवनी सम्म आएको बताए । चाडपर्बका बेला सिमापारी खाद्यन्य, लताकपडाका साथै दैनिक उपभोग्य सामग्री खरिद गर्न नेपाली जानाले त्यहाका व्यापारी लाई भने भ्याइनभ्याई भएको बताउछन् । जोगवनीका व्यापारी मनिश सिंहले भने नेपाल बाट दैनिक उपभोग्य, बस्तु लता कपडा खरिदका लागि नेपाली प्राय जोगवनी नै आउने गरेका छन् त्यसमा पनि चाडबाडको बेला धरान विराटनगर लगायत तराईका स्थान बाट मात्र नभएर पहाडी जिल्ला बाट समेत मान्छे किनमेलका लागि यहाँ आउदछन् । जस्ले गर्दा यहाँको व्यापार बढ्दै गएको छ अब एक महिना सम्म यहाँ राम्रो व्यापार चल्छ । जोगवनीमा नेपालीहरुको भिड भए पनि सिमाका नेपाली बजार भने सुनसान देखिन्न छन् । धरानकी सुनिता दहालले भनिन्न नेपालको भन्दा भारतीय बजार जोगवनीमा सामन सस्तो हुने हुदा चाडपर्वका लागि सामग्री जोगवनी बाटै लाने गरेको बताइन् । यसरी नेपाली उपभोगत लाई सिमापारी किनेमेलका लागि जाने वतावरण आउन नदिनका लागि सम्बन्धीत निकायले महँगी घटाउनु पर्ने, नाफा लाई सिमित गर्नु पर्ने साथै ठाउँ अनुसार एकै किसिमको मुल्य लिनु पर्ने उपभोगतको भनाई छ ।