कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५
307

‘शिक्षित नेपाली समृद्ध नेपाल’ भन्ने मूल उद्घोषअनुसार सीजी फुड्स (नेपाल) प्रालिअन्तर्गत ललितपुर महानगरपालिका–१८ मा अवस्थित कारखाना रहेको क्षेत्रमा बसोबास गरी आएका विद्यार्थीहरू र कारखानामा कार्यरत स्थायीकर्मचारीहरूको छोराछोरी मध्येबाट उत्कृष्ट ११ जनालाई ज्ञान उदय वाइवाई छात्रवृत्ति वितरण गरियो ।
ललितपुर महानगरपालिका–१८ र २५ मा बसोबास गरिरहेका मध्येबाट ०७४ को ५ कक्षामाउत्कृष्ट ४ जना र एसइईमा उत्कृष्ट ५ जना विद्यार्थीलाई उच्चशिक्षाको शुभकामना एवं प्रोत्साहन स्वरूप उक्त छात्रवृत्ति प्रदान गरियो । साथै स्थायी कर्मचारीको छोराछोरी मध्येबाट ५ कक्षामा उत्कृष्ट एक र एसइईमा उत्कृष्ट एक जनालाई पनि छात्रवृत्ति प्रदान गरिएको जनाएको छ ।