कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५
244

मार्सप्रालिले आफ्नो १५ औं वार्षिकोत्सव मनाएको छ । यसै दौरानमा पूर्णरूपमा सञ्चालनमा रहेको यस विज्ञापन एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफएम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा व्यापक सफलता हासिल गरेको छ ।
यसै बार्षिकोत्सवको सन्दर्भ पारेर एजेन्सीले डिजिटल मार्केटिडको पनि सुरुवात गरेको जानकारी गराएको छ । १५ वर्षको समयावधिमा मार्स प्रालिले आफ्नो पूर्ण आत्मविश्वास र भरोसाको साथ आफ्ना ग्राहकहरूलाई सन्तुष्टि प्रदान गर्दै आएको छ ।
जुन दरिलो टिमवर्कबाट सक्षम भएको छ कम्पनीका प्रबन्ध निर्देशक मनिस अधिकारीले बताए । उनको भनाइअनुसार १५ वर्षको सफल कार्यले हामीलगायत सम्पूर्ण उत्साहित थपिएको छ । २००३ मा स्थापित भएर २०१८ सम्म आइपुग्दा नेपालका केही ख्यातिप्राप्त कम्पनीको सेवा गरेर सन्तुष्टि दिएर आगामी दिनमा अझ राम्रो गर्नुपर्ने चुनौती थपिएको छ । ।