कारोबार संवाददाता
मंगलबार, माघ २९, २०७५
456

‘दिगो र समुचित विकासको गति, नवीन इन्जिनियरिङ पद्धति’ भन्ने नाराका साथ माघ २४ गतेबाट सुरु भएको तीन दिने ९ माघ २४, २५ र २६ गते दशौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा फोटोग्राफी, पेन्टिङ, क्विज, सफ्टवेयर कम्पिटिसन, टे«जर हन्ट, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, मोडल कम्पिटिसन गरी ८ विधामा विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रदर्शनीमा नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो । प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई बृज सिमेन्टका सिनियर ब्रान्ड म्यानेजर अमित श्रेष्ठले बृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए । बृज सिमेन्ट इन्डस्ट्रिज प्रालि केडिया अर्गनाइजेशनअन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा–लुम्बिनी (रुपन्देही जिल्ला) मा अवस्थित छ ।