केएनपी जापानद्वारा विद्यालयलाई सहयोग
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
137

बहुराष्ट्रिय कम्पनी कन्साई नेरोलेक पेन्ट्सले वीरगन्जको एक विद्यालयलाई सहयोग गरेको छ । वीरगन्जको आदर्शनगरमा रहेको पशुपति शिक्षा मन्दिरको भवन रंगाउनका लागि कन्साई नेरोलेक पेण्न््सले उत्पादन गरेको रंगहरू सहयोग गरेको हो । कम्पनीका निर्देशक अशोक वैद र प्रवन्धक प्रवीण यादवले पशुपति शिक्षा मन्दिरलाई २ लाख रुपैयाँ बराबरको रंग हस्तान्तरण गरे ।
विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष सुरेश रुंगटार भवरलाल पारिक तथा सञ्चालक समितिका सदस्य रञ्जित साहको उपस्थितिमा कन्साईद्वारा उपलब्ध गरेको रंग वितरण गरेको हो । वीरगन्जको विभिन्न सामाजिक क्षेत्रहरूमा विभिन्न समयमा सहयोग गर्दै आएका उद्योगी वैदले केएनपीको सामाजिक उत्तरदायित्वअन्तर्गत भवन रंगाउनका लागि रंग उपलब्ध गराएको बताए । पशुपति शिक्षा मन्दिरमा किताबी ज्ञान मात्रै नभएर नैतिक संस्कारको पनि शिक्षा प्रदान गर्ने गरेको विद्यालयले जनाएको छ । पछिल्लो समयमा व्यावसायिक रूपमा सञ्चालन गरिने विद्यालयहरूका कारण नैतिक शिक्षा पनि हराउँदै गएको समयमा नैतिक शिक्षा प्रदान गर्ने विद्यालयका रूपमा पशुपति शिक्षा मन्दिरलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।