कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
432

शिवम् सिमेन्टले फिफा विश्वकप–२०१८ को महाउत्सवको अवसरमा आफ्ना फेसबुक फलोअरहरूलाई आफ्नो योजनाअन्तर्गत वल्र्डकप विजेताको भविष्यवाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने भएको छ । हरेक खेलमा हुन सक्ने सम्भावित विजेताहरूको घोषणा गरी उक्त भविष्यवाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्ने छन् भन्दै कम्पनीले यस खेलमा सहभागी हुन सहभागीहरूले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको प्रेडिक्ट एन्ड वीन पोष्टको लिंकमा गई हरेक दिन हुने म्याचहरूको सम्भावित विजेता र गोल स्कोर भविष्यवाणी गर्नुपर्ने जनाएको छ ।
हरेक दिन हरेक खेलमा आएको उत्तरहरूमध्ये सही निकटत्तम उत्तर र एकभन्दा बढी सही उत्तर भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिने तथा हरेक दिनको विजेताहरूले शिवम् सिमेन्टको कर्पोरेट अफिसमा आएर पुरस्कार प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ । पछिल्लो २०१४ को विश्वकप खेलमा पनि सञ्चालन भएको उक्त खेललाई यसपटक पनि निरन्तरता दिएको कम्पनीले जनाएको छ ।