भायनेटसँग विश्वकप हेर्नुहोस् सित्तैमा अफर
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
2035

चार वर्षमा एक पटक आउने विश्वकपलाई मध्यनजर गर्दै भायनेट कम्युनिकेसन्स्ले नेपालीका लागि विश्वकप अफर ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूले भायनेटको नेट टिभी जडान गरी विश्वकप सित्तैमा हेर्न सक्ने कम्पनीले जनाएको छ । भायनेटको यस विश्वकप अफरअन्तर्गत ग्राहकहरूले एक पटक सेट–अपबक्सको १ हजार रेन्टल चार्ज र ५ सय डिपोजिट तिरेर ६ महिना वा २५ सय रेन्टल र ५ सय रुपैयाँमा डिपोजिट तिरेर १२ महिनासम्म नेट टिभी सित्तैमा हेर्न सक्ने कम्पनीले जनाएको छ ।
५५ एचडी र १३५ वटा एस्डी च्यानलहरू रहेको यस नेट टिभीको सोनी टेन टु र सानी टेन थ्रिमा विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सक्ने भन्दै कम्पनीले नेट टिभीसँगै ग्राहकहरूले वार्षिक १० हजार रुपैयाँमा १८ एमबीपीएस्, १२ हजारमा ३० एमबीपीएस र १६ हजार रुपैयाँमा ६० एमबीपीएसको इन्टरनेट समेत प्राप्तगर्न सक्ने जनाएको छ ।