कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
511

सिप्रदी ट्रेडिङ प्रालिअन्तर्गत एक्साइड व्याट्रीले हालै आफ्ना डिलरहरुलाई दुबई र अजरबैजनको भ्रमण गराएको छ । सिप्रदी ट्रेडिङका महाप्रबन्धक सुरेश कुमार तिवारीले आफ्ना डिलरको मानसिक र बौद्घिक विकासका साथै मनोरन्जनका लागि यस कार्यक्रमको आयोजना गरिएको बताए ।
उक्त भ्रमणमा कम्पनीले डिलर मिटको आयोजना गरी चण्डेश्वरी इलेक्ट्रिस एण्ड इलेक्ट्रोनिक्स सप्लायर्सलाई सर्वाधिक बिक्री गर्ने विधामा प्रथम, स्वस्तिक अटो इलेक्ट्रिक्स् कन्सर्नलाई द्वितीय र न्यु अटो इलेक्ट्रिक्स् सेन्टरलाई तृतीय उपाधिले सम्मानित गरेको छ । यस्ता कार्यक्रमले डिलरहरुमा थप उर्जा दिने काम गरेकाले अब आउने दिनहरुमा युरोप जस्ता विकसित देशको भ्रमण गराउने योजना कम्पनीको रहेको छ ।