कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
189

दायित्वले युवा रोजगारीसँग सम्बन्धित मुद्दाहरूमा पैरवी गर्न सक्ने क्षमतावान् नवयुवा अभियन्ताहरूको छनोट गरेको छ । दायित्व सस्ंथाद्वारा सञ्चालित युवा आज अभियानको लक्ष्य नेपालको युवा बेरोजगारी समस्यालाई सम्बोधन गर्न युवाहरूमा क्षमता वृद्धि गरी युवा रोजगारीका सक्षम बनाउने उद्देश्यले संस्थाले उक्त कार्यक्रम अगाडि बढाएको जनाएको छ ।
संघीय तह काठमाडौंका फरक–फरक पृष्ठभूमिका युवाहरूले आवेदन दर्खास्त दिएका थिए । त्यसरी प्राप्त भएका आवेदन फारम मध्येबाट उनीहरूको पृष्ठभूमि, अन्तर्निहित क्षमता, नेतृत्वको क्षमता, रुचि आदिको आधारमा विशेष समितिले २० जना युवाहरूलाई छनोट गरेको थियो ।

पहिलो चरणको छनोटमा परेका युवाहरू मध्येबाट निर्णायक समितिले उत्कृष्ट १० नवयुवा अभियन्ताको छनोट गरेको छ । निर्णायक समूहमा पूर्वप्रधानन्यायधीश कल्याण श्रेष्ठ, नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षित तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विज्ञ समूहको संयोजक, चाँदनी जोशी रहेका थिए ।
युवा अभियन्ताहरूको पृष्ठभूमि तथायुवा रोजगारीसँग कुनै समस्यामा आधारित भई गरिएको मुद्दा प्रस्तुतीकरणमा, समस्या पहिचान तथा समाधानका उपाय, कार्ययोजना, समाूहिक कार्य क्षमता, नेतृत्व गर्न सक्ने क्षमता तथा व्यक्तिगत अन्तर्वार्ताको आधारमा निर्णायक समितिले नवयुवा अभियन्ताहरूको छनोट गरेको थियो ।
यस किसिमको अभियान प्रादेशिक तहमा रुपन्देही र कपिलवस्तु तथा स्थानीय तह पाल्पामा पनि १०/१० जना नवयुवा अभियन्ताहरूको छनोट गरिएको थियो । नवयुवा अभियन्ताहरूले नेतृत्व विकासको पाठ्यक्रममा आधारित भई नेपाल लिडरसीप एकेडेमीमार्फत तालिमप्राप्त गर्नेछन् । शिक्षित भट्ट, रोहितकुमार मारवाडी, फुर्पा शेर्पा, श्रीजंग राई, मेधा शर्मा, महेश दाहाल, डा. जितेन्द्र उपाध्याय, भावना खतिवडा, पुजापौडेल तथा मेघना लामा छनोटमा परेका छन् ।