कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
328

बिर्तामोड- विश्वकप फुटबल आज (बिहीबार) देखि सुरु हुने भएकाले झापामा टेलिभिजनको बिक्री बढेको छ । झापाको दमक, सुरुङगा, बिर्तामोड, शनिश्चरे, भद्रपुर, धुलाबारी, काँकरभिट्टालगायतका सहरमा टेलिभिजनको व्यापार अत्याधिक बढेको व्यवसायी बताउँछन् ।
विश्वकप फुटबलका लागि ठूला तथा साना स्क्रिनका टेलिभिजन किन्ने फुटबल प्रेमीहरू झापामा बढेको व्यवसायी बताउँछन् । पहिलाको तुलनामा ग्राहकले अहिले सस्तो दरमा टेलिभिजन पाइरहेकाले ठूला तथा साना स्क्रिनका टेलिभिजन किन्नेहरू बढेको सामसुङ प्लाजा र महेन्द्र रत्न स्टोर्स बिर्तामोडका सञ्चालक प्रशान्त भण्डारीले बताए ।

विश्वकपकै कारण १५/२० वटासम्म टेलिभिजन बिक्री भइरहेको सामसुङ प्लाजा र महेन्द्र रत्न स्टोर्स बिर्तामोडका सञ्चालक प्रशान्त भण्डारीले बताए ।
पहिलाको तुलनामा ग्राहकले अहिले सस्तो दरमा टेलिभिजन पाइरहेकाले पनि किन्नेहरू बढेको बताउँदै सामसुङ, स्काई वर्थ, हिमस्टारलगायत ब्रान्डका टेलिभिजन दैनिक १५/२० वटासम्म बिक्री भइरहेको सामसुङ प्लाजा र महेन्द्ररत्न स्टोर्स बिर्तामोडका सञ्चालक भण्डारीले बताए ।
त्यस्तै क्वालिटी कम्युटर बिर्तामोडकी सञ्चालक शुभ कुमाई पाठकले टेकनोज ब्रान्डका टेलिभिजनको बिक्री बढेको बताइन् । पहिले १० प्रतिशत छुट दिँदै आएकोमा विश्वकप फुटबलका लागि १५ प्रतिशत छुट र बालमाउण्ट, एकसेट जर्सी फ्रि रहेको क्वालिटी कम्प्युटर बिर्तामोडकी सञ्चालक शुभ कुमाई पाठकले बताइन् ।
१५ देखि ५२ इन्चसम्मका टेकनोजका एलइडी बिक्री गर्ने गरेको सञ्चालक पाठक बताउँछिन् । मूल्य वल्र्डकप अफरअन्तर्गत रहेको र वल्र्डकप अवधिभर लागू हुने र वल्र्डकपको समयमा हरेक टिभीको खरिदमा ग्राहकले एक वर्षको वारेन्टीका साथै थप सर्भिसको सुविधासमेत दिइएको क्वालिटी कम्युटर बिर्तामोडकी सञ्चालक पाठकले बताइन् ।
चाइनिज टेलिभिजनमा रोआ, ब्रान्डेड टेलिभिजनमा एलजी, सिजी, सामसुङ, सोनी लगायतका विभिन्न ब्रान्डका टेलिभिजनको इन्चअनुसारको मूल्य २५ हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँमाथि छ । पहिलाको तुलनामो अहिले सस्तो दरमा टेलिभिजन पाइरहेकाले पनि टेलिभिजनको व्यापार निकै राम्रो भएको क्वालिटी कम्प्युटर बिर्तामोडकी सञ्चालक पाठकले बताइन् ।
सातामा १५/२० वटासम्म टेलिभिजन बिक्री भइरहेको बताउँदै विश्वकप हेर्नकै लागि ग्राहकले २२ इन्चदेखि माथिका टेलिभिजन खरिद गर्न आएको क्वालिटी कम्प्युटर बिर्तामोडकी सञ्चालक पाठकले बताइन् ।
बजारमा स्काई वर्थ, पानासोनिक, सोनी, सामसङलगायत ब्रान्डका टेलिभिजन १६ हजार रुपैयाँदेखि १ लाख ८० हजार रुपैयाँसम्म पर्छ । विक्रेताका अनुसार ३२ इन्चको स्काई वर्थ टेलिभिजनको मूल्य २५ हजार रुपैयाँ छ भने ५५ इन्चको स्काई वर्थ टेलिभिजनको मूल्य ९५ हजार रुपैयाँ छ । टेलिभिजन खरिद गर्दा ग्राहकले १५ प्रतिशत देखि २५ प्रतिशतसम्म छुट पाउन सक्ने छन् । विश्वकपकै लागि भनेर झापामा ३२ इन्च, ४० इन्च र ५५ इन्चका टेलिभिजन दैनिक ५० वटासम्म बिक्री भइरहेको इलेक्ट्रोनिक्स पसलका सञ्चालकहरूको भनाइ छ ।
टीसीएल, सामसङ, हिमस्टारलगायतका ब्रान्डका टेलिभिजन बढी बिक्री हुँदै आएका छन् । ग्राहकले विश्वकप हेर्नका लागि हाइटेक टेलिभिजन बढी खरिद गर्ने गरेको विक्रेताले दाबी गरेको छ ।
त्यस्तै विश्वकपकै कारण सयपत्री नेपाल बिर्तामोडमा ३२ इन्च र ४३ इन्चका सीजी तथा एलजीलगायतका ब्रान्डका टिभीको माग बढेको छ । अपेक्षा गरेअनुसारको टिभी बिक्री नभए पनि विश्वकपकै कारण बिक्री बढेको सयपत्री नेपाल बिर्तामोडका व्यवस्थापक विनोद उप्रेतीले जानकारी दिए ।
विश्वकपको अफरअन्तर्गत १६ इन्चदेखि ६५ इन्चसम्मको सीजीको मूल्य २३ हजारदेखि १ लाख ५० हजार रुपैयाँ, एलजीको ३२ देखि ४३ इन्चसम्मका ३२ हजारदेखि ८० हजार रुपैयाँसम्म मूल्य रहेको उप्रेतीले जानकारी दिए । विश्वकपको समयमा हरेक टिभीको खरिदमा ग्राहकले एलजीमा चार वर्ष तथा सीजीमा तीन वर्षको वारेण्टीकासाथै फ्रि सर्भिसको सुविधासमेत दिइएको सयपत्री नेपाल बिर्तामोडका व्यवस्थापक विनोद उप्रेतीले जानकारी दिए ।
त्यस्तै विश्वकप नजिकिँदै गर्दा टेलिभिजनका साथै प्रोजेक्टरको माग पनि दिन प्रतिदिन बढ्दै गएको छ । ४० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म मूल्यका प्रोजेक्टर दैनिक बिक्री भइरहेको क्वालिटी कम्प्युटर बिर्तामोडकी सञ्चालक पाठकले बताइन् ।