कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
475

उद्योग संगठन मोरङको अध्यक्षमा भीम घिमिरे निर्विरोध निर्वाचित भएका छन् । घिमिरेको नेतृत्वमा १३ सदस्यीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएको हो । २०२४ सालमा जुद्धबहादुर श्रेष्ठले स्थापना गरेको संगठनको नेतृत्व हालसम्म सर्वसम्मतबाटै हुँदै आएको छ । शनिबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संगठनको ४६ औं साधारणसभा उद्घाटन गरेका थिए ।
मंगलबार घोषणा गरिएको समितिको वरिष्ठ उपाध्यक्षमा सुयष प्याकुरेल, उपाध्यक्षमा (कोष) मा प्रदीप मुरारका, उपाध्यक्ष (कृषि, जलस्रोेत र ऊर्जा) मा राजकुमार गोल्छा र उपाध्यक्ष (रोजगारदाता) मा राकेश सुराना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी कार्यकारिणी समिति सदस्यहरूमा संजयकुमार अग्रवाल, सुबोध कोइराला, भोलेश्वर दुलाल, तारानाथ निरौला, सुनिलकुमार धनावत, नारायणप्रसाद मुन्दडा, विपिन काबरा, विनोद पौडेल निर्विरोध निर्वाचित भएका छन् ।