फुडमान्डुको चियर योर टिम अफर, १० प्रतिशत छुट
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
215

अनलाइन खाना डेलिभरि कम्पनी फुडमान्डुले फुटबल महाकुम्भ विश्वकप–२०१८ मा आफ्नो सेवाग्राहीका लागि ‘चियर योर टिम’नामको अफर ल्याएको जनाएको छ । घरमै साथीभाइ तथा परिवारसँग खेल हेर्दै खानाको मज्जा लिने मात्र होइन हरेक अर्डरसँग खेलको नतिजा अनुमान गर्न पाउनेछन् भन्दै फुडमान्डुले सहीउत्तर दिनेले १० प्रतिशत छुट र केही अंक पनि पाउने जनाएको छ । विश्वकपको अन्त्यसम्म जसले धेरै अंक जम्मा गरेको हुन्छ , उक्त ग्राहकले सामसङको ४३ इन्चको स्मार्ट टिभी उपहार पाउने र यसको साथसाथै विश्वकप अबधिभरि विभिन्न रेस्टुराँबाट ४० प्रतिशतसम्मको छुट र विभिन्न आकर्षक परिकारको कम्बोरुपनि उपलब्ध हुने पनि जनाएको छ ।