रिचार्जर एपबाट मोबाइल किन्दा टिभी सित्तैमा
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
1011

फुटबलको कुम्भ मेला विश्वकप फुटबलको अवसर पारेर मोबाइल एप रिचार्जरले मोबाइल किन्दा टिभी सित्तैमा दिने अफर ल्याएको छ । विश्वकप फुटबलको समयमा टिभी तथा मोबाइल किन्ने सोच बनाएकाहरूलाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको हो ।
यसअघि केही घण्टाका लागि मात्र १ रुपैयाँमा जर्सी उपलब्ध गराएको रिचार्जरले यो अफर एक सातासम्म सञ्चालन गर्ने जनाएको छ । मोबाइल किन्दा टिभी सित्तैमा अफर विश्वकप फुटबल सुरु हुने दिन बिहीबारदेखि सुरु हुनेछ । रिचार्जर को वेबसाइटमा नभई मोबाइल एपमा मात्र अफर लागू हुने रिचार्जरका प्रमुख कार्यकरी अधिकृत निराजन सिंहले बताए ।
गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउन्ट खोले पछि प्रयोगकर्ताले १ सय रुपैयाँ क्यास व्याक पाउने छन् । “त्यसपछि जतिको मोबाइल रिचार्ज गर्नु हुन्छ, त्यत्ति नै क्यास व्याक पाउनु हुन्छ । यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ,” सिंहले बताए ।
सिंहका अनुसार रिचार्जरबाट साओमीको एमआई मिक्स, एमआई एम फाईभ एक प्लस तथा जेटीईको एक्सन इलाइट मोडलका मोबाइल किन्नेहरूले १९ इञ्चको टेक्नोजको एलईडी टिभी पाउने छन् । त्यसैगरी जेटीईको एक्सन मिनी, एचटीसीको डी ७२८ र ६२६ जी प्लस मोडलका मोबाइल खरिद गर्नेले टेक्नोजको १५.६ इञ्चको एलईडी टिभी पाउने छन् । अफर बिहीबारदेखि सुरु हुनेछ ।
प्रत्येक एक महिनामा यस्ता अफरहरू कम्तीमा एक पटक सञ्चालन गरिने ग्लोबल कि टेक्नोलोजीका प्रबन्ध निर्देशक टीकाराम बुढाथोकीले बताए । “मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिङ गर्दा तपाईंले ११ वटा बैंकको ई–बैंकिङ, इसेवा, आईएमई पेलगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्नुहुन्छ,” बुढाथोकीले भने ।
होटल, रेस्टुराँ, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायकका बिलहरू पनि तिर्न सकिने तयारी गरिरहेको रिचार्जर एपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिन्छ ।