कारोबार संवाददाता
आइतवार, असार २४, २०७५
317

डिस मिडिया नेटवर्कको सञ्चालक समितिको बिहीबार बसेको बैठकमा देवीप्रकाश भट्टचनले अध्यक्ष तथा सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । साथैै सोही बैठकले सुदीप आचार्यलाई सञ्चालकमा नियुक्त गरेको छ । सञ्चालकहरुको सर्व सम्मतिमा सञ्चालक हेमराज ढकाललाई सञ्चालक समितिको अध्यक्षमा र सञ्चालक सुदीप आचार्यलाई प्रबन्ध सञ्चालकमा चयन गरेको पनि कम्पनीले जनाएको छ ।
अध्यक्ष हेमराज ढकाल आईएमई समूहको प्रवन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसँग आबद्ध छन् भने प्रवन्ध निर्देशक सुदीप आचार्य कम्पनीमा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रहिरहेका तथा कामना सेवा विकास बैंकका अध्यक्ष तथा सफल उद्यमीे हुन् । सन् २००९ मा स्थापना भएको डिस मिडिया नेटवर्क नेपालको पे टिभी बजारमा काम गरिरहेको सबैभन्दा सफल र ठूलो कम्पनी भएको दाबी पनि गरेको छ ।