कारोबार संवाददाता
सोमवार, असार २५, २०७५
294

आउँदो भदौ तेस्रो सातादेखि फर्निचर तथा फनिसिङ एक्स्पो–२०१८ छैंठौ आयोजना हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक्स्पोको आयोजक संस्था नेपाल फनिर्चर तथा फनिर्सिङ सघंले भदौको तेस्रो सातादेखि एक्स्पो आयोजना हुने बताएको छ । यसै गरी यस एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्न भएको छ ।
बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि मध्यनजर गर्दा यस एक्स्पो भदौ १४ गतेदेखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन लागेको हो । पाँच दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सयभन्दा बढी फर्निचर र फर्निसिङ सामग्रीको स्टल रहने भएको छ ।
एक्स्पो व्यवस्थापन गरेको इभेन्ट सोलुसन प्रालिका प्रबन्धक निर्देशक विजयसागर प्रधानले विगतमा भन्दा हामीले केही फरक शैलीमा कार्यक्रम आयोजना हुन लागेको र फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको मुख्य आकर्षण बन्न सक्ने जानकारी दिए । यसैगरी एक्स्पोमा किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले बताएको छ ।
यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फनिर्चर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुशास्त्रसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले बताएको छ । नेपालमा बर्सेनि फर्निचर तथा फर्निसिङका उत्पादनहरूको तिन अर्ब रुपैयाँबराबरको कारोबार हुने गरेको आँकलन आयोजकले गरेको छ ।
यसैगरी मेलामा पहिले पटक विद्यार्थीहरूलाई निःशुल्क प्रवेश दिइएको छ, भने अवलोकनकर्ताका लागि ५० रुपैयाँ टिकटको मूल्य निधारण गरेको छ । साथै मेलामा भारत बंलादेश र पाकिस्तान पनी सहभागी हुने बताएका छन् । प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकले बताएका छन् । यसका साथै फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भिœयाउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउन सहयोग गर्न आयोजकले बताएको छ ।