कारोबार संवाददाता
मंगलबार, असार २६, २०७५
386

वास्किन रोविन्सको सहकार्यमा ग्रेभिस फुड्स प्रालि, भारत र सन इन्टरनेसनल इनकरपोरेटेड प्रालिद्वारा पोखराको लेकसाइडमा प्रथम आइस क्रिम पार्लर खोलेको छ । ग्रेभिस फुड्स प्रालिको प्रमुख कार्यकारी निर्देशक मोहित खटरद्धारा सन इन्टरनेसनल इनकरपोरेटेड प्रालिको अध्यक्ष सौरभ ज्योति, कार्यकारी निर्देशक–रविराज कर्णिकार र व्यापार प्रवद्र्धन अधिकृत–आरहन्तराज कर्णिकारको उपस्थितिमा सो उद्घाटन कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रममा नेपालका व्यापारिक समुदायका मुख्य व्यक्तिहरू, नउवासंघ पोखराको अध्यक्ष र स्थानीय समुदायका विशिष्टहरू सो कार्यक्रममा उपस्थित थिए । नेपालमा सन इन्टरनेसनल इनकरपोरेटेडद्वारा वास्किन रोविन्सको पार्लर खोलिएको १२ औं पार्लर हो । सौरभ ज्योति–सन इन्टरनेसनल इनकरपोरेटेड प्रालिका अध्यक्षका अनुसार उहाँ र उहाँका अनुभवि टिमहरू वस्किन रोविन्सका गुणस्तरीय आइस क्रिमहरू नेपालमा उपलब्ध गराउने प्र्रतिबद्ध छन् ।