कारोबार संवाददाता
बुधवार, पुष १२, २०७४

जलविद्युत् क्षेत्रमा लगानी, उत्पादन तथा प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(ईपान)ले यही पुस २१ गतेदेखि २३ गतेसम्म ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ को आयोजना गर्ने भएको छ । काठमाडौंस्थित भृकुटीमण्डपमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको हिमालयन हाइड्रो एक्स्पो हुने भएको छ ।

294
कारोबार संवाददाता
सोमवार, पुष १०, २०७४

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ हरेक वर्ष जुत्ता–चप्पल तथा छालाजन्य वस्तुहरूको राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्दै आएकोमा यस वर्ष १४औं जुत्ता–चप्पल तथा छाला जन्य वस्तुहरूको औद्योगिक प्रदर्शनी आयोजना हुँदैछ । यो प्रदर्शनीमा जम्मा १३५ वटा स्टल रहने र जसमा जुत्ता–चप्पल उत्पादन गर्ने उद्योगहरू, छालाजन्य वस्तु उत्पदकहरू, र यस उद्योगहरूका लागि कच्चापदार्थ उत्पादन गर्ने उत्पादक तथा बितरकहरूको समेत सहभागिता रहने आयोजकले जनाएका छन् ।

601
कारोबार संवाददाता
शुक्रवार, पुष ७, २०७४

नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ । शुक्रबारदेखि सुरु हुने यो अफर माघ २१ गतेसम्म कायम रहनेछ । कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसका रूपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ ।

811
कारोबार संवाददाता
शुक्रवार, पुष ७, २०७४

‘समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ बुटवलमा १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव सुरु भएको छ ।

629
सरस्वती ढकाल
शुक्रवार, मंसिर २९, २०७४

मुलुकमा स्थानीय तहपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसँगै संघीयताको राजनीतिक व्यवस्थापन अघी बढिसकेको छ । राजनीतिक दलहरूले संविधानमा संघीयताको प्रारम्भिक खाका सार्वनजिक गरेसँगै निजी क्षेत्रले पनि सोहीअनुसार आफ्नो संरचना निर्माण गरिरहेका छन् । प्रादेशिक संरचनाअनुसार निजी क्षेत्रले पनि आफ्नो सांगठनिक पुनर्संरचना गरिरहेका छन् ।

460
कारोबार संवाददाता
शुक्रवार, मंसिर २९, २०७४

प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउने ‘भिजन ५ मिलियन अभियान’ सार्वजनिक गरेको छ । पाटाको ४१ औं साधारणसभाको कार्यक्रममा पाटाले सरकार र निजीक्षेत्र मिलेर सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक ल्याउने मिसन बनाएको हो ।

438
कारोबार संवाददाता
बिहिवार, मंसिर २८, २०७४

स्विट्जरल्यान्डमा नेपाल मौलिक परिकारको प्रवद्र्र्धन गरिएको छ । नेपाली मौलिक परिकारको पहिचान राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय पर्यटन बजारमा विस्तार गराउन राजधानीस्थित ग्लोबल एकेडमी अफ टुरिजम् एण्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज, काठमाडौं) का सेफ कुमार चालिसेले स्विजरल्यान्ड पुगेका हुन् । स्विजरल्यान्डको होटल म्यानेजमेन्ट स्कुल थनमा आयोजित “टेस्टिङ नेपाल– नेपाली सेफ इभेन्ट”मा करिब एक दर्जन नेपाली खानाका परिकारहरू प्रस्तुत गरियो । स्मरणीय के छ, भने काठमाडौको गेट कलेज र स्विजरल्यान्डको होटल म्यानेजमेन्ट स्कुल थनमा दुवै होटलरी स्विस–स्विस होटल एसोसियनका सम्बन्धन प्राप्त होटल व्यवस्थापन कलेजहरू हुन् ।

436
कारोबार संवाददाता
बिहिवार, मंसिर २८, २०७४

जापान सरकारबाट फूलकुमारी महतो मेमोरियल हस्पिटललाई सुविधा सम्पन्न मोबाइल कार उपलब्ध गराउने भएको छ । नेपालका लागि जापानका राजदुत मासाशी ओगावा र अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले एक समारोहबीच उक्त सम्झौतामा बुधबार हस्ताक्षर गरेका छन् ।

419
यादव हुमागाई
बिहिवार, मंसिर २१, २०७४

सहकारीको दर्तादेखि अनुगमनसम्म अनलाइनमार्फत गर्ने महत्वकांक्षी योजनासहित सरकारले सुरु गरेको सहकारी तथा गरिवी निवारणसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) अलपत्र परेको छ । मन्त्रालय र सहकारी विभागले प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेपछि थोरै सहकारीहरूमा यस प्रणालीमा आवद्ध भएका छन् भने आएका संस्थाले पनि नाम ठेगानालगायतका न्यून विवरणमात्र अद्यावधिक गरेका छन् । डिभिजन सहकारी कार्यालहरूमा भएको तथ्यांकसमेत अनलाइनमा अद्यावधिक हुन सकेको छैन ।

164
रासस
शुक्रवार, मंसिर २२, २०७४

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले मुलुक राजनीतिक स्थिरता र आर्थिक समृद्धिको चरणमा प्रवेश गर्ने भन्दै उद्योगी तथा व्यवसायीले खुसी व्यक्त गरेका छन् । राजनीतिक संक्रमणकालको अन्त्य भएर मुलुकमा अमनचयन कायम हुने र त्यसले एकाध वर्षमा आर्थिक उन्नतिको मार्ग प्रशस्त गर्ने उनीहरुको भनाइ छ ।

207
कारोबार संवाददाता
बुधवार, मंसिर २०, २०७४

नेपाल टेलिकमले मुलुकका ग्रामीण तथा अति दुर्गम क्षेत्रका विभिन्न नयाँ स्थानमा जीएसएम मोबाइल उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले मुलुकको अति विकट मुस्ताङको स्याङबोचे भ्यू–प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । स्याङबोचे भ्यू–प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गतेदेखि सेवा सञ्चालनमा आएको हो ।

170
कारोबार संवाददाता
मंगलबार, मंसिर १९, २०७४

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा बिहीबारदेखि सञ्चालित चेम्बर एक्स्पो २०७४ सम्पन्न भएको छ । झन्डै ५ करोडको कारोबार भएको एक्स्पोमा ५० हजारभन्दा धेरैले अवलोकन गरेका छन् । एक्स्पो संयोजक राष्टभूषण चाकुबजीले एक्स्पो स्टलमा रहेका विभिन्न कम्पनीका गाडीहरूको अर्डर बढी भएको जानकारी दिए । साथै निर्माण सामग्रीका रूपमा रहेका भूकम्पप्रतिरोधात्मक प्यालनलहरूको अर्डर बढी देखिएको संयोजक चाकुवजीले बताएका छन् ।

146
कारोबार संवाददाता
मंगलबार, मंसिर १९, २०७४

नेपालको प्रतिष्ठित कम्पनी जावाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गतको विजय डिस्टिलरी प्रालिद्वारा उत्पादित ग्राण्ड मास्टर रम बजारमा आएको छ ।

193
कारोबार संवाददाता
सोमवार, मंसिर १८, २०७४

डाबर नेपालले रियल मोक्टेल्सअन्तर्गत दुई भिन्न स्वाद, पिना कोलाडा र भर्जिन म्यारीको बिक्री वितरण सुरु गरेको छ । रेस्टुरेन्ट्स तथा बारमा गई मोक्टेल्स, कक्टेल्सको अनुभव लिने र सोही स्वाद र अनुभव घरमै परिवार तथा साथीहरूसँग बसेर लिन चाहनेका लागि यो उत्तम विकल्प हुने कम्पनीको दाबी छ ।

124
कारोबार संवाददाता
सोमवार, मंसिर १८, २०७४

एनएमबी बैंकलाई लन्डनस्थित फाइनान्सियल टाइम्सले सन् २०१७ को गौरवपूर्ण सम्मान बैंक अफ दि–ईयर २०१७ प्रदान गरेको छ । उक्त अवार्ड नेपालका वाणिज्य बैंकहरूमध्येको एक उत्कृष्ट बैंक भएको प्रमाण हो भने बैंकले विगतका केही वर्षहरूमा गरेको उल्लेखनीय प्रगतिको समेत साक्षी हो । एफएमओ, नेदरल्याण्डससँग विदेशी साझेदारका रूपमा सहर्काय गर्दै र ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज् (जीएबीभी) को सदस्य रहेकाले बैंकको गरिमा अझ उच्च हुन पुगेकाले समेत अवार्डबाट सम्मानित हुन पुगेको बैंकले जनाएको छ ।

143