कारोबार संवाददाता
सोमवार, फाल्गुन २८, २०७४

नेपालमा निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा हिमालय एयरलाइन्सले स्थापनाको तेस्रोवर्ष पूरा गरेको छ । नेपालीहरूलाई अरू देशहरूसँग जोडेका सन्दर्भमा तेस्रो वार्षिकोत्सव मनाएको हो । विगतका दुई वर्ष हिमालय एयरलाइन्सलाई महत्वपूर्ण उपलब्धिहरूसहित उड्डयन क्षेत्रमा स्थापित र सावित गराउने वर्षका रूपमा रहेको समेत दाबी एयरलाइन्सले गरेको छ ।

867
कारोबार संवाददाता
सोमवार, फाल्गुन २८, २०७४

उच्च हिमाली र अति दुर्गम भेगमा इन्टरनेट सेवा प्रदान गर्दै आएको एभरेस्ट लिंक कम्पनीले सेवा विस्तार गरेको छ । चार वर्षअघि सगरमाथा क्षेत्रबाट इन्टरनेट सेवा सुरु गरेको एभरेस्ट लिंकले पर्यटकीय गन्तव्यलाई ध्यान दिँदै अन्य भेगमा पनि सेवा दिन थालेको कम्पनीले जनाएको छ ।

546
कारोबार संवाददाता
सोमवार, फाल्गुन २८, २०७४

शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेन्टिड लचकता सहितको एफई ५००डी ग्रेड राइनो फलामे छडको निर्माणमा पारंगत हासिल गरेको छ । उत्पादनका बारेमा प्राविधिक ज्ञान दिने सोचका साथ कम्पनीले विभिन्न स्थानमा टेक्निकल मिट (प्राविधिक सम्मेलन) को आयोजना गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

272
कारोबार संवाददाता
सोमवार, फाल्गुन २८, २०७४

नेपाली चार्टर्ड एकाउन्टेन्टले आस्ट्रेलियामा मान्यता पाएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र आस्ट्रेलिया तथा न्युजिल्यान्ड चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच आपसी समझदारीपत्रमा हस्ताक्षर भएपछि उक्त मान्यता प्राप्त भएको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले विभिन्न अन्तर्राष्ट्रिय लेखा व्यावसायिक संस्थासँग मान्यता प्राप्त गर्न गरिएको प्रयास स्वरूप आइक्यान र आस्ट्रेलिया तथा न्युजिल्यान्ड चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच संस्थाका सदस्यहरुले एक अर्को संस्थाको सदस्यता प्राप्त गर्न सक्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

1450
कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४

नेपालमा समृद्धिका लागि वैदेशिक लगानीको पक्षमा बहस भइरहेका बेला सार्क चेम्बर अफ कमर्सले यस क्षेत्रका उद्यमीहरूको वृहत् सम्मेलन (सार्क बिजनेस लिडर्स कनक्लेभ) गर्ने भएको छ । आउँदो शुक्रबारदेखि हुने सम्मेनलमा यस क्षेत्रका २ सयभन्दा बढी उद्यमी व्यवसायीले सहभागिता जनाउने छन् । तीन दिनसम्म चल्ने सार्क बिजनेस लिडर्स कनक्लेभको यो छैटौं संस्करण हो ।

583
कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४

सिद्धार्थ उद्योग वाणिज्य सघं रुपन्देहीमा आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान सम्पन्न भएको छ । कुल २ हजार १ सय ६६ मतदाता रहेको सघंमा १ हजार ६ सय ३९ मत खसेको निर्वाचन अधिकृत शिवप्रसाद गौडेलले जानकारी दिए । मतगणना उम्मेदवारहरूको सहमतिको आधारमा अगाडि बढाइने उनले बताए । निर्वाचनमा अध्यक्षका वरिष्ठ उपाध्यक्ष डा. शान्तकुमार शर्मा र उद्योग उपाध्यक्ष कुलप्रसाद न्यौपाने छुट्टाछुट्टै समूह बनाएर निर्वाचनमा लागेका थिए ।

211
कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४

काठमाडौंमा जारी अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन आएको चिनियाँ प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँग भेटवार्ता गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयको व्यापार विकास विभागका उपनिर्देशक चीन होङ नेतृत्वको प्रतिनिधिमण्डलले महासंघका पदाधिकारीहरूसँग भेटवार्ता गरेको हो ।

485
कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४

म्याग्दीका स्थानीय तहले सञ्चालन गरेका सडक आयोजनामा अपारदर्शी रूपमा हेभी इक्युपमेन्टको प्रयोग भइरहेको पाइएको छ । उपभोक्ता समितिले जिल्ला दररेट र सार्वजनिक खरिद ऐनविपरीत प्रतिस्पर्धा नगराइ मौखिक सहमतिको आधारमा आफू अनुकुलका व्यक्तिको एक्साभेटर र ब्याक्होलोडर भाडामा लिएर सडक आयोजनामा प्रयोग गरेका हुन् ।

646
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

निजी वायुसेवा कम्पनी बुद्ध एयरले भैरहवा–पोखरा हवाई रुटमा उडान संख्या बढाएको छ । यो रुटमा दैनिक एक उडान गर्दै आएकोमा बिहीबारदेखि दैनिक २ उडान सुरु गरेको हो ।

372
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

अब जुम्लामा मंगलबारदेखि सिम्पल इन्टेलिजेन्ट सिस्टम एन्ड टेक्नोलोजी प्रालिले सिम्पल लिंक इन्टरनेट सेवा सञ्चालनमा ल्याएपछि एकाएक गाउँ–गाउँमा इन्टरनेट पुगेको छ । मंगलबार एकैसाथ जुम्लाका हिमा, तिला, र सिंजा गाउँपालिका इन्टरनेट सेवा सुरु भएको हो । वेभ सरोवर कमिनिकेसन प्रालि काठमाडौं प्राविधिक सहयोग तथा सिम्पल इन्टेलिजेन्ट सिस्टम एन्ड टेक्नोलोजी प्रालि जुम्लाको लगानीमा गएको साउन महिनादेखि काम सुरु गरिको थियो ।

599
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

सिद्धार्थनगर उद्योग वाणिज्य संघ, रुपन्देही(भैरहवा)को शुक्रबार र शनिबार हुने ५९ औं वार्षिक साधारणसभा तथा अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएपछि व्यवसायीहरू नेतृत्वमा आउन समूह बनाएर प्रचार–प्रसारको अन्तिम चरणमा आएका छन् । नेपालको पुरानो मध्येको र उद्योग वाणिज्य महासंघ स्थापना बखतको संस्थापक सदस्य रहेको सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्व लिन सदैव होडबाजी जस्तै हुन्छ ।

262
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

सार्वजनिक यातायातको क्षेत्रमा नौलो प्रस्तुति गर्दै आएको साझा यातयातले नेपालमा पहिलो पटक अशोक लेल्यान्डको सेमी–लो फ्लोर बस सञ्चालनमा ल्याएको छ । यसले युरोपियन स्टाण्र्डडको बसहरू सार्वजनिक यातायातको रूपमा सञ्चालन हुनसक्छ भन्ने प्रमाणित गरिदिएको छ ।

113
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

सार्वजनिक यातायातको क्षेत्रमा नौलो प्रस्तुति गर्दै आएको साझा यातयातले नेपालमा पहिलो पटक अशोक लेल्यान्डको सेमी–लो फ्लोर बस सञ्चालनमा ल्याएको छ । यसले युरोपियन स्टाण्र्डडको बसहरू सार्वजनिक यातायातको रूपमा सञ्चालन हुनसक्छ भन्ने प्रमाणित गरिदिएको छ ।

161
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २४, २०७४

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणास“ग चीनको लिन्यी सिटी सीपीपीसीसीका उपाध्यक्ष ली चोङताओको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलले बुधबार महासंघ सचिवालयमा भेटवार्ता गरेको छ । चिनिया“ प्रतिनिधिमण्डल भोलिदेखि काठमाडौंमा सुरु हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१८ मा भाग लिने क्रममा नेपाल आएको हो ।

547
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २४, २०७४

यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ (स्कुटर दिवस) मनाएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु¥याएको योगदानको कदर गर्दै यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’का रूपमा मनाएको हो ।

795