कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५

क्षेत्रीय होटल संघ दोलखाको अध्यक्षमा रञ्जितकुमार (सन्तोष) पाठक अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न क्षेत्रीय होटल संघको दोस्रो अधिवेशनले पाठकलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । पाठकको अध्यक्षतामा अधिवेशनले १३ सदस्यीय क्षेत्रीय कार्यसमितिसमेत सर्वसम्मत निर्वाचित गरेको हो ।

246
कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५

रोल्पा सिमेन्ट उद्योग तत्कालका लागि बन्द भएको छ । उद्योगमा काम गर्ने स्थानीय टिपर व्यवसायीहरूले अनिश्चितकालका लागि टिपर सञ्चालनमा अवरोध ल्याएपछि बन्द भएको हो । स्थानीय टिपर व्यवसायीहरूको आन्दोलनका कारण टिपरहरू सञ्चालनमा नआउँदा उद्योगलाई सञ्चालनमा ल्याउन कठिनाइ आएको उद्योगले जनाएको छ ।

451
लक्ष्मी सापकोटा
सोमवार, श्रावण २१, २०७५

उपभोक्ता ठगी गर्ने व्यवसायीलाई तत्काल अनुगमनमा खटेको बजार निरीक्षण अधिकृतले तीन लाख रुपैयाँसम्म जरिवाना गर्न पाउने भएको छ ।

313
मीनकुमार नवोदित
आइतवार, श्रावण २०, २०७५

मोरङ–सुनसरी औद्योगिक सुनसरी औद्योगिक क्षेत्रका उद्योगी प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी टोलीलाई भेटेपछि उत्साहित बनेका छन् ।

357
कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५

तयारी चाउचाउ तथा स्न्याक्स उत्पादक यशोदा फुड्स रुपन्देहीले अधिकृत विक्रेताहरूलाई आमन्त्रण गर्दै एक भव्य डिलर मिट कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंस्थित पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा शनिबार आयोजित ‘सम्बन्धहरूको रौनक’ नामक उक्त कार्यक्रममा यशोदा फुड्सका सम्पूर्ण अधिकृत विक्रेताहरूको सहभागिता थियो । करेन्ट चाउचाउकी मोडल तथा चर्चित नायिका सन्ध्या केसीले सो कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

241
मीनकुमार नवोदित
आइतवार, श्रावण २०, २०७५

विराटनगरका पानी उद्योगहरूले उत्पादन गरेको प्रशोधित पानीमा दिसामा पाइने हानिकारक ‘कोलीफर्म’ को जीवाणु भेटिएको छ ।

443
मनोरन्जन शर्मा
आइतवार, श्रावण २०, २०७५

जिल्लामा घरेलु तथा साना उद्योगमा प्रत्येक वर्ष लगानी बढीको छ । रुपन्देही जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका अनुसार गत असार मसान्तसम्म(२०७५) यहाँ सञ्चालनमा रहेका साना तथा घरेलु उद्योगहरूको चालू पुँजी मात्रै ८ अर्ब ६० करोड ३९ लाख ६१ हजार ८ सय ७२ रुपैयाँ छ ।

200
कारोबार संवाददाता
शुक्रवार, श्रावण १८, २०७५

आर्थिक वर्ष २०७४/७५ मा घरेलु तथा साना उद्योग विकास कार्यालय दमौलीमा ७८८ नयाँ उद्योग दर्ता भएका छन् ।

373
कारोबार संवाददाता
शुक्रवार, श्रावण १८, २०७५

नेपालमा र भारतका दुवै चेम्बरमा ‘भारत–नेपाल सेन्टर’कोे स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष हरिभक्त शर्मा र पीएचडी चेम्बर अफ कमर्शका अध्यक्ष अनिल खेतानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

505
कारोबार संवाददाता
बिहिवार, श्रावण १७, २०७५

पश्चिम नेपालकै सबैभन्दा ठूलो दाना उद्योग बाँकेको कोहलपुरमा सञ्चालनमा आएको छ । ५० करोडको लागमा नेपाल वेल होप एग्रीटेक इन्डस्ट्रिज प्रालिको विजय पेलेट दाना उद्योग कोहलपुरमा स्थापना भई आफ्नो उत्पादनसमेत सुरु गरेको छ ।

806
कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

निजी विमान सेवा कम्पनी बुद्धएयरले भैरहवा–काठमाडौं हवाई रुटअन्तर्गत अब प्रत्येक दिन बिहान ७ बजे भैरहवाबाट काठमाडौं बिहानी उडान गर्ने भएको छ । यो समयअनुसार साउन १७ बिहीबारबाट उडान सुरु हुने बुद्ध एयरका वरिष्ठ प्रबन्धक तथा भैरहवा स्टेसनका प्रमुख दर्शन घिमिरेले बताए ।

3182
कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

मलेसियाको लोकप्रिय इनर्जी ड्रिंक बिसोन्स अब नेपाली बजारमा बिक्री सुरु भएकोे छ । नेपालका लागि आधिकारिक बिक्रेता नियोज नेपाल सप्लायर्स प्रालिले यसको बिक्री वितरण सुरु गरेको हो । नेपाली बजारमा ‘पिउँ राम्रो–बिसोन्स हाम्रो’ नाराका साथ ल्याइएको नियोज नेपाल सप्लायर्सका कार्यकारी अध्यक्ष विजय राईले बताए ।

300
कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

अन्ट्रप्रनर्स नेपालले फाइनान्सियल टिच (फिन–टिच) नामक कार्यक्रम ल्याउने भएको छ । ४ वर्षको अनुसन्धानपछि विद्यालय स्तरको पाठ्यक्रम नै डिजाइन गरेर कार्यक्रम ल्याउन लागेको हो ।

312
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

नवउद्यमीहरूलाई लक्षित गरी पहिलो पटक ‘क्रियटिभ बिजनेस कप नेपाल’ आयोजना हुने भएको छ । देशमै उद्यमशीलता बढाइ रोजगारी सिर्जना गर्ने तथा कर्मठ आत्मविश्वासी युवाहरूलाई अन्तर्राष्ट्रिय बजारमा समेत चिनाउन यो कप आयोजना गर्न लागिएको हो ।

194
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

प्रदेश नम्बर २ को सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी वीरगन्ज महानगरपालिकाले लगाएको स्थानीय करको विरोधमा उभिएको छ । महानगरले लगाएको स्थानीय करको विरोधमा वीरगन्ज उद्योग वाणिज्य संघलगायतका विभिन्न व्यावसायिक संघ संगठनले विरोध गरेपछि सोमबार पत्रकार सम्मेलन गरेर राजपा पर्साले विरोध जनाएको हो ।

264