कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५
385

दोलखा-दोलखामा आर्थिक वर्ष ०७४/७५ मा ८० हजार बिरुवा वृक्षारोपण भएको छ । साविक जिल्ला वन कार्यालय र मातहात कार्यालयबाट अघिल्लो आर्थिक वर्षमा ८० हजार बिरुवा उत्पादन तथा वितरण भएको छ । जुन २०.४६ हेक्टर क्षेत्रका विभिन्न सामुदायिक वनमा वृक्षारोपणसमेत भएको छ ।
डिभिजन वन कार्यालय दोलखाअन्तर्गत ३८४ वटा सामुदायिक वन उपभोक्ता समूह रहेका छन् । गत आर्थिक वर्ष ४ वटा नयाँ हस्तान्तरणसमेत भएका छन् । त्यसैगरी कबुलियती वन समूह १८५ वटा, निजी वन २७ वटा र धार्मिक वन समूह २ वटा गठन तथा हस्तान्तरण भएका छन् ।

त्यसैगरी जिल्लाबाट ६ लाख ४८ हजार क्युफिट काठ उत्पादन तथा बिक्री भएको छ । उत्पादन भएका काठमध्ये झण्डै २ तिहाइ काठ सामुदायिक वनबाट निकालिएको छ । साविकको जिल्ला वन कार्यालय दोलखाले आव ०७४/७५ मा सञ्चालन गरेका कार्यक्रम तथा प्रगतिका बारेमा डिभिजन वन प्रमुख गोविन्द दाहालले जानकारी दिए । उनका अनुसार सामुदायिक वनबाट ३ लाख ५० हजार र निजी क्षेत्रबाट २ लाख ९८ हजार क्युफिट काठ उत्पादन तथा निकासी भएको जानकारी दिए । निजी क्षेत्रबाट उत्पादित काठवापत ४१ लाख ५२ हजार रुपैयाँ राजस्वसमेत संकलन भएको छ ।
हिमाली क्षेत्रमा पहिलो पटक दोलखामा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु भएका छन् । भीमेश्वर नगरपालिका–६ मा रहेको खोरथली सामुदायिक वनबाट यसको सुरुवात भएको छ । गत वर्ष विगतका तुलनामा वन क्षेत्रमा आगलागी ६० प्रतिशत नियन्त्रण गर्न सफल भएको समेत दाबी गरे ।
वत आर्थिक वर्षमा आयआर्जन तथा वन उद्यम विकासमा समेत सहयोग पु¥याएको छ । दोलखामा लघु तथा काष्ठजन्य उद्योगहरू १३५ वटा दर्ता भए तापनि २५ वटा सःमिल र ७० वटा फर्निचर र तेल उद्योग सञ्चालनमा रहेको जानकारी दिए । दोलखा जिल्लाभर १० हजार ५ सय लोठसल्ला र ८० जार चिराइतोको बिरुवासमेत रोपेको जानकारी दिए ।